राज्यमन्त्री सिर्पालीको अग्रसरतामा जटिल रोगका बिरामीहरुलाई आर्थिक सहयोग
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १४:४६:४५
गोपी ज्ञवाली ।
२६ गते, बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पालीको अग्रसरतामा दुई जटिल रोगबाट ग्रसित भएका दुई विरामीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ निवासी मनिष पराजुली र भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ निवासी योगेन्द्र सिंह सुनारलाई माननिय राज्यमन्त्रीको पहलमा दुबै जटिल रोगबाट ग्रस्त विरामीहरुलाई ५१ ÷५१ हजार रुपियाँ रकम उपलब्ध गराएकी छिन् ।
अर्धाखाँची जिल्ला निवासी दुबै विरामीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पालीको आग्रसरतामा विभिन्न समाजिक संस्थाहरुबाट सो रकम उपलब्ध गराईएको राज्यमन्त्रीका प्रमुख स्वकीय सचिव विष्नु प्रसाद गैरेले बताए । क्यान्सर रोगबाट ग्रष्त भएका संघिखर्कका मनिष पराजुली २४ वर्षिय युवा हुनुहुन्छ भने योगेन्द्र सिंह सुनार ५९ वर्षिय उमेरका छन् ।
७ वर्ष पहिला क्यान्सर रोग देखा परेका सुनारको उपचार पछि केही समय सन्चो भएको रोग फेरी बल्जीए पछि भरतपुर क्यान्सर अस्पतालमा उपचार भई रहेको भए पनि आर्थिक अभावका कारण उपचारमा समस्या आएको विरामी सुनारको छोरा दिपक सुनारले बताए । यसै गरी क्यान्सरबाट प्रभावित भएका पराजुली उच्च शिक्षा अध्ययनका लागि विदेश गएका थिए भने समस्या भए पछि घर फर्कीउको परिवार स्रोतले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार