अब चुरोटको मूल्य अंकित पोष्टर किराना पसलमा टाँस्न नपाइने
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १०:३६:४८
२७ वैशाख, काठमाडौं । सुर्तीजन्य सामग्रीको मुल्य उल्लेख गरिएको पोष्टर किराना पसल वा होलसेल पसलमा राखेमा कारबाही हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना सार्वजनिक गरी यसरी मुल्य अंकित पोष्टर टाँसिएको पाईएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ ।
‘नेपालमा सुर्तिजन्य कम्पनीहरुले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरुको बिक्रीस्थलमा आफनो कम्पनीको नाम र दर रेटसहित मुल्यु सुची राखेर बिज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तिजन्य पदार्थ 'नियन्त्रण र नियमन गर्ने' ऐन २०६८ को दफा १०, सुर्तिजन्य पदार्थ नियन्त्ररण र नियमन निर्देशिका २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ बिपरित भएकाले त्यस्ता बिज्ञापन हुने गरी टाँस गरिएका चुरोट बिडी, गुटखा आदिका मुल्य सुची उल्लेखित पोष्टर वा वालचार्ट टाँस नगर्न र टाँस गरेको भएमा तुरुन्त हटाउन निर्देशन गरिन्छ’ मन्त्रालयले आज जारी गरेको सुचनामा भनेको छ ।
सो सुचना अनुसार ‘यदी टाँस गरेको पाईएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना हुने ब्योहोरा समेत यसै सुचनाद्धारा सबैमा जानकारी गराईन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार