थाइल्यान्डमा आर्नभ, सायरा र निभिकाले जिते ताज
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार ११:५७:१७
२९ असार, काठमाडौं । थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालक आर्नभ श्रेष्ठले शिर्ष उपाधि जित्न सफल भएका छन् । बिभिन्न उमेर समुहको कारण ग्रुप ए, बि र सि बर्गिकरण गरिएको प्रतियोगीतामा आर्नभले गूप बि अन्तर्गत ‘टिन स्टार इन्टरनेसनल २०२३’को शिर्ष उपाधि हात परेका हुन् । प्रतियोगीतामा श्रेष्ठले मिष्टर पर्सनाली उपाधि जितेका थिए ।
प्रतियोगितामा ग्रुप बि अन्तर्गतनै निभिका दुवालले थर्ड रनर अप र मिस पर्सनालिटी उपाधि हात परेकी छन् । त्यस्तै ग्रुप ए अन्तर्गत सायरा भट्टले फष्टरनर अफ र मिस ट्यालेन्ट उपाधि जितेकी छन् ।
जुलाई ३ तारिखदेखि ११ तारिखसम्म थाइल्याण्डको बैंकक स्थित सिएससी हलमा आयोजित प्रतियोगीतामा नेपाल सहित भारत, युके, टर्की, श्रीलंका लगायत ३४ देशको सहभागीता रहेको थियो ।
बैंकक र पटाया गरेर आयोजना भएको कार्यक्रममा नेशनल कस्टुम, ट्यालेन्ट शो, सुमिङ वेयर, फोटो सुट लगायत बिभिन्न चरणमा आयोजना भएको थियो । कार्यक्रममा नेपाली बालबालीकालाई इभेन्ट वेटर ग्यालेक्सीले पठाएको हो ।
नेपालको तर्फबाट सहभागी तीनै बालबालीकालाई गु्रमिङ गर्ने काम कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए, भने सिआइएफटीको ड्रेस र ग्लोसी गल्र्सले मेकअफ जिम्बेवारी सम्हालेका थिए ।
आर्नभ काठमाडौँ प्रयागकुञ्ज स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् । भविष्यमा व्यवसायी बन्ने लक्ष्य राख्ने आर्नभ ईभन्ट वेटर ग्यालेक्सीले आयोजना गरेको ‘नेसकल किड्स अफ द इयर २०२२’ का विजेता हुन् ।
त्यस्तै ११ वर्षीय सायरा पाठशाला नेपालमा कक्षा ६ मा अध्ययनरत छन् । भविष्यमा न्युरो सर्जन बन्ने लक्ष्य राख्ने सायरा पनि नेसनल किड्स अफ द इयर २०२२ का विजेता हुन् ।
त्यस्तै १३ बर्सिया निभिका दुवाल लिटल वल्र्ड इङ्लिस स्कुलमा कक्षा ८ की विद्यार्थी हुन् । भविष्यमा एनिमेटर बन्ने सोच भएकी निभिका नेसनल किड्स अफ द इयर २०२२ की फस्ट रनर अप हुन् ।
नेपालका लागि सो प्रतियोगिताको नेसनल डाइरेक्टर धिरज तण्डुकार र आधिकारिक संस्था इभेन्ट वेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट रहेको छ । प्रतियोगीलाई इभेन्ट वेटर ग्ल्यालेक्सीका सिइयो धिरज तण्डुकार आफैले लिएर थाइल्यान्ड गएका थिए ।
कार्यक्रममा नेपालको तर्फबाट सहभागीले नेपाली कला संस्कृति र कल्चरल ड्रेसमा समेत प्रस्तुत दिएको इभेन्ट वेटर ग्यालेक्सीका सिइयो धिरज तण्डुकारले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार