कक्षा १२ को नतिजा ५ बजे सार्वजनिक गरिँदै
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १६:३१:२८
३० साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक आज साँझ ५ बजे सार्वजनिक गर्ने भएको छ । केहीबेर अघि सम्पन्न बोर्डको बैठकले परीक्षाको नतिजा (रिजल्ट) ५ गर्ने निर्णय भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् । त्यसबेला बाेर्ड परिसरमा पत्रकार सम्मेलन गरिँदैछ ।
गएको बैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्युनतम ३५ प्रतिशत अंक प्राप्त गर्ने विद्यार्थीले मात्रै ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गतवर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए ।
दुई विषयसम्म एनजी (नन ग्रेडेड) आउने विद्यार्थीलाई तत्कालै ग्रेडवृद्धि परीक्षा दिने व्यवस्था गरिएको छ । दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले जुन विषयमा एनजी हुन्छ त्यही विषयहरुमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुई भन्दा बढी विषयमा एनजी आए अर्को वर्ष हुने परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने अवस्था थियो ।
यसअघि गत असारमा गएको शैक्षिक सत्रको एसईईको परीक्षाको नतिजा बोर्डअन्तर्गतका परीक्षा नियन्त्रण शाखाले परिसरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
महोत्तरीमा सामुदायिक विद्यालयबाट एसईईमा सहभागी छात्रा अधिक
चैत १५, २०८० बिहिबार
एसईईको पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न
चैत १५, २०८० बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार