एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ का अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १२:१४:५८
३ भदौ, काठमाडौं । उमंग क्रियसनको आयोजनामा 'एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३' का २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक भएका छन् । एक समारोहका बिच पाँच सय जना प्रतिस्पर्धाहरू मध्ये २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक भएका हुन् ।
जसमा देश विदेशमा रहेका नेपाली महिला सुन्दरीहरूको सहभागीता रहेको थियो । २२ जना मध्ये दुईजना विवाहित महिला र एक जना ट्रान्स महिलाको समेत सहभागीता रहेको छ ।
'एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३' को फाइनल भदौँ २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा आयोजना हुने, उमंग क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीले बताए ।' उनले, विभिन्न प्रतिस्पर्धीहरूलाई आत्मविश्वासका साथै सुन्दरीहरूको प्रतिमूर्तिका रूपमा स्थापित हुनका लागि यो उत्कृष्ट अवसर भएको बताए ।
प्रतिस्पर्धीहरूलाई प्रशान्त ताम्राकारको कोरियोग्राफिमा प्रस्तुत गरिएको थियो । प्रतिस्पर्धीहरूमा प्राप्ति खड्का, सबिना चौधरी, च्यानल श्रेष्ठ, प्रेमा लामगडे, डा। पुजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा। अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बाँनिया, बुद्धसार सुनार, पुजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठ रहनुको सहभागीता रहेको थियो ।
२२ जना अन्तिम प्रतिस्पर्धीहरू मध्येबाट विजेताले नोवेम्बरमा एलसाल्वा डोरमा हुने हुने मिस युनिभर्समा नेपाललाई नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
अम्बानी र राधिकाको दोस्रो प्रि-वेडीङ क्रुजमा हुने
जेठ १५, २०८१ मंगलबार
कोशी प्रदेशमा गणतन्त्र दिवस मनाइयो
जेठ १५, २०८१ मंगलबार
सैनिक मञ्च टुँडिखेलमा १७ औं गणतन्त्र दिवसको विशेष समारोह
जेठ १५, २०८१ मंगलबार
बजेटबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्
जेठ १५, २०८१ मंगलबार
साउदी लिगमा रोनाल्डोको किर्तिमान
जेठ १५, २०८१ मंगलबार
दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्दै उत्तर कोरिया
जेठ १५, २०८१ मंगलबार