मस्र्याङदी गाउँपालिकामा निःशुल्क एम्वुलेन्स सेवा
नेपालबहस संवाददाता
असोज २०, २०८० शनिबार १०:२५:२०
२० असोज, लमजुङ । लमजुङको मस्र्याङदी गाउँपालिकाले पालिका अन्तर्गतका जेष्ठ नागरिकहरुला निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाले विभिन्न समस्या भएर स्वास्थ्य उपचारका निम्ति आवश्यक परेका खण्डमा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई निःशुल्क एम्वुलेन्सको व्यवस्थापन गर्ने भएको हो ।
गाउँपालिकाको यस अघि भएको गाउँ सभाबाट निति तथा कार्यक्रमबाट नै जेष्ठ नागरिकहरुलाई स्वास्थ्य उपोचारका लागि निःशुल्क एम्बुलेन्स व्यवस्थापन गर्ने निर्णय पारित भएको थियो । सोही निर्णयलाई कार्यन्वयनमा ल्याईएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई स्वास्थ्यमा समस्या भएर उपचारका निम्ती जिल्ला अस्पतालसम्म पुग्नु पर्ने भएमा वा जिल्ला अस्पतालबाट फर्कनु पर्ने भएमा गाउँपालिकाको आफ्नै एम्बुलेन्स मार्फत निःशुल्क सेवा दिने भएको हो । जिल्ला अस्पताल भन्दा बाहिर जानु परेमा भने सो सेवा उपलब्ध गराउन नसकिने गाउँपालिकाले जनाएको छ ।
मर्स्याङदी गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सँगै समय अनुकुल मिलाएर धार्मिक स्थलहरुको भ्रमण गराउने पनि योजना बनाएको छ । पालिका भरिका जेष्ठ नागरिकहरुलाई समुह बनाएर विभिन्न चरणमा विभिन्न धार्मिक स्थलहरुको धार्मिक भ्रमण गराउने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।
सो बाहेक गाउँपालिकाले जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण पनि गर्ने जनाएको छ । बिभिन्न वडा स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरुलाई गाउँ टोलमा खटाएर जेष्ठ नागरिकहरुको नियमित निःशुल्क स्वास्थ्य परिक्षण गरिने गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ ।
गाउँपालिकाले यसअघि देखिनै जेष्ठ नागरिक मध्ये ६० वर्ष माथिका एकल पुरुषहरुलाई नियमित भत्ता रकम पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार