एनआरएनए अध्यक्षमा ४ जनाको उम्मेदवारी दर्ता
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १५:४:१८
३० असोज, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)हरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आज काठमाडौंमा सुरू भएको सम्मेलनमा बद्री केसी, महेशकुमार श्रेष्ठ, रबिना थापा र राजेन्द्रकुमार शर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । केसी रसिया, श्रेष्ठ जापान, थापा अमेरिका र शर्मा कतारबाट प्रतिनिधित्व गर्दछन् । राजनीतिक रुपमा केसी एमाले, महेश कांग्रेस र शर्मालाई माओवादी केन्द्रको साथ रहेको ठानिएको छ ।
सम्मेलनले एनआरएनएमा ६ खुल्लासहित ८ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव ७ सचिव, एक कोषाध्यक्ष, चार संयुक्त कोषाध्यक्षसहित ७४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । सम्मेलन ३ दिनसम्म चल्नेछ । सम्मेलनमा ५९ देशका ४ हजारभन्दा बढी प्रतिनिधिहरुले मतदान गर्ने जनाइएको छ । सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् । समापन प्रधानमन्त्री प्रचण्डबाट गरिने जनाइएको छ । आजै मात्र नेपाल सरकारले एनआरएनलाई नेपाली नागरिकता समेत वितरण गर्न सुरु गरेको छ । जसकाे विराेध राजनीतिक दलबाटै सुरू भएकाे छ ।
६ खुल्ला उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । २ उपमहासचिवका लागि ५ जना र ६ सचिवका लागि १५ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै कोषाध्यक्षका लागि सुदनकुमार थापा र ठाकुरप्रसाद ढुंगानाको उम्मेदवारी परेको छ ।
पहिलोपटक एनआरएनमा फेसियलभेरिफिकेसनको माध्यमबाट अनलाइन भोटिङ गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार