कोलम्बस होलीडेजको नियत, आफू अग्रिम असुल्ने, तिर्नुपर्नेलाई फुस्सा ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८० शनिबार १५:४१:३४
२५ कात्तिक, काठमाडौं । विदेशी पर्यटकलाई घुमाई फिराई गराउने बहानामा खुलेका कतिपय टुर्स एण्ड ट्राभल्सले विभिन्न ठाउँमा होटलमा खानपिन र बसोवास तथा रेष्टुरेण्टमा खुवाईपिआई गरेको बिल तिर्न आनाकानी त गरेकै छन्, कतिपयले यातायातका साधन समेत प्रयोग गरी बिल रकम नतिर्ने नियतका साथ मोटो रकम बक्यौता राख्ने गरेको पनि पाइएको छ ।
यसै क्रममा राजधानीको कमलादीस्थित कोलम्बस होलीडेज् प्रा. लि.ले पनि पर्यटकलाई खुवाईपिआई तथा बसोवास गरेको बिल लामो समयदेखि नतिरेको पाइएको छ । घुम्न आउने विदेशी पर्यटकबाट अग्रिम रकम असुल गर्न पल्केका कोलम्बस होलीडेज जस्ता टुर्स एण्ड ट्राभल्सले होटललाई बिजनेश दिने नाममा बाँकी बक्यौता राख्ने र तोकिएको समयमा तिर्न आनाकानी गर्ने, सम्पर्कमै नआउने समेत गरेको पाइएको छ ।
कोलम्बस होलीडेज विरुद्ध राजधानीको सोल्टीमोडस्थित एक होटलले आफ्नो होटलमा विदेशी पाहुना ल्याएर खुवाईपिआई गराउनुका साथै बसोवास समेत गराएर झण्डै साढे सात लाख रूपैयाँ भुक्तानी नगरेको भन्दै प्रहरीमा उजुरी गर्न पुगेको छ । सहमति अनुसार तोकिएको समयमा बिल भुक्तानी नगरेपछि ताकेता गर्दा मुस्किलले चेकसम्म उपलब्ध गराएको तर, उक्त चेक पनि 'क्यास' नभएपछि होटल चेक अनादर प्रक्रिया अघि बढाउन प्रहरीमा पुगेको हो ।
होटलका म्यानेजरका अनुसार बैंकबाट चेक फिर्ता भएको जानकारी गराउँदा समेत कोलम्बस होलीडेजका सञ्चालक प्रमोद दाहालले रकम तिर्ने बारेमा आनाकानी गर्न थालेपछि बाध्य भएर प्रहरीमा उजुरी गर्नु परेको हो । उता, कोलम्बस होलीडेजका सञ्चालक प्रमोद दाहालले भने आफ्नो नियत ठगी गर्ने नभएको बताउँदै दश /बाह्र दिनमा बिल क्लिएर गर्ने बताए । ‘मेरो होटलसँग कुरा भइरहेको छ, केही दिनको समय मागिरहेको छु’ उनले भने, ‘बिजनेशमा लेनदेन भैहाल्छ नि ’
प्रहरीमा उजुरी परेको बारेमा सञ्चालक प्रमोद दाहालले भने, ‘ठगी गर्ने नियत होइन, म होटलमा कुरा गर्छु ।’ तर होटलले भने लामो समयदेखि उनले सधैं त्यसै गरी अल्मल्याउने गरेको, फोन सम्पर्कबाट पनि तर्कने भन्दै आफ्नै गुनासो सुनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वी राजमार्गका होटल व्यवसायीलाई ‘पर्यटकमैत्री सेवा’सम्बन्धी तालिम
बैशाख ३०, २०८१ आइतबार
उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा
बैशाख २९, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुन
जेठ १५, २०८१ मंगलबार
पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !
जेठ १५, २०८१ मंगलबार
मन्त्रिपरिषदले स्वीकृत गर्यो आगामी आर्थिक वर्षको बजेट
जेठ १५, २०८१ मंगलबार
भारतको ढुङ्गा खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
पोप फ्रान्सिसमाथि समलिङ्गी बारे अभद्र टिप्पणी गरेको आरोप
जेठ १५, २०८१ मंगलबार