कोशी अस्पतालमा आर्थिक लाभ लिएर मापदण्ड विपरित कर्मचारी भर्नाको तयारी, विवादमा तानिए अध्यक्ष सिलवाल
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार १४:६:३५
९ माघ, विराटनगर । आर्थिक चलखेलका आधारमा मापदण्ड विपरीत विभिन्न तहमा ५० जना कर्मचारी नियुक्तिको तयारी गरेपछि विराटनगर स्थित कोशी अस्पताल फेरी विवादमा आएको छ । कर्मचारी भर्नाका नाममा व्यापक आर्थिक चलखेल भइरहेको तथ्य बाहिर आएपछि यही विषयलाई लिएर कोशी अस्पतालमा तनाव उत्पन्न हुने स्थिति देखिएको छ ।
यसअघि पनि राजनैतिक हस्तक्षेपले थिलथिलो र धराशायी बनिसकेको कोशी प्रदेशकै सबैभन्दा पुरानो सरकारी अस्पतालमा मनपरी मापदण्ड बनाएर विकास समिति अध्यक्ष फरर्वाड सिलवालले करारका कर्मचारी भर्नाको तयारी गरेपछि अस्पतालका कर्मचारी सिलवालको विरुद्धमा उत्रने तयारी गरेका छन् ।
अस्पताल विकास समितिले एक सय २३ जनाको अस्थायी पद सिर्जना गर्दै स्वास्थ्य मन्त्रालयसँग दरबन्दी माग गरेको थियो । तर, मन्त्रालयले पचास जनाको दरबन्दी मात्रै स्वीकृत गरिदिएपछि आठौं तहमा १० जना मेडिकल अधिकृत, सातौं तहको १ जना नर्सिङ अधिकृत, पाँचौ तहका ३० जना स्टाफ नर्स, २ जना बायोमेडिकल इन्जिनियर र ७ जना फार्मेसी सहायकका लागि दरखास्त मागिएको छ ।
समितिका अध्यक्ष डा. फरवार्ड सिलवालको हस्तक्षेपमा विभिन्न पदका कर्मचारी भर्नाका लागि विज्ञापन गरिएको भन्दै कर्मचारीले विरोध जनाएका छन् । अहिले कोशी अस्पतालमा डा. सिलवालको सेटिङमा आफूनिकटका केही व्यक्तिलाई कर्मचारी नियुक्त गर्न मनपरी मापदण्ड तयार पारेर चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकको पदपूर्ति सम्बन्धी सूचना जारी गर्न लगाएको कुुरा कर्मचारीले बताएका छन् ।
यही माघ ४ गतेको मिति राखेर २१ दिनको म्याददिँदै सूचना सार्वजनिक गरिपछि मात्रै उक्त रहस्य खुुलेको थियो । सार्वजनिक गरिएको तीन महिने सेवा करार रहने गरी मेडिकल अधिकृत, नर्सिङ अधिकृत, स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन र फार्मेसी सहायक गरेर ५० जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरिएको हो । तर परीक्षाको मापदण्ड मनपरी र असमान ढंगले बनाउँदै समितिका तर्फबाट कर्मचारी भर्ना गर्न लागिएको छ ।
स्रोतले दिएको जानकारी अनुसार अध्यक्ष डा. सिलवालले आफू निकटका केही व्यक्तिलाई कर्मचारीका रूपमा भर्ना गर्ने र केहीलाई राजनीतिक दबाब र पहुँचका भरमा राख्ने तयारी गरिएको हो । अध्यक्ष सिलवालले त्यत्तिकै कर्मचारी भर्ना गर्दा विरोध हुने भएपछि विज्ञापन गरेजस्तो देखाएर समितिका नाममा अस्पताललाई डुबाउने खेल रचेको कर्मचारीको आरोप छ ।
नयाँ भर्ना सबैलाई सुरुमा तीन महिने करारको लागि भर्ना गरिने र त्यसपछि सेवा अवधि थपिँदै जाने कुुरा बताइएको थियो । लिखित र अन्तर्वार्ता गरी परीक्षाका दुवै विधि अपनाएर मेडिकल अधिकृत, स्टाफ नर्स र फार्मेसी सहायक नियुक्त गर्ने भनिए पनि नर्सिङ अधिकृत र बायोमेडिकल इन्जिनियरका लागि अन्तर्वार्ताबाट मात्रै भर्ना लिइने बताइएको छ । पाँचौ तहका लागि लिखित र अन्तर्वार्ता दुवै परीक्षा लिने गरी दरखास्त आह्वान गरिएकोमा सातौं तहलाई अन्तर्वार्ताका माध्यमबाट मात्रै भर्नाको तयारी गरेपछि अध्यक्ष सिलवालको नियतमाथि नै प्रश्न उठेको छ ।
यसअघि अस्पताल विकास समितिले लिखित र अन्तर्वार्ता दुवै माध्यमबाट कर्मचारी भर्ना गर्ने गरेको भनाइ त्यहाँ कार्यरत कर्मचारीको थियो । अहिले विभेद पूर्ण हिसाबबाट मापदण्ड तयार गरेर दरखास्त आह्वान गरेपछि तल्लो तहलाई लिखित र अन्तर्वार्ता दुवै परीक्षा लिने तथा माथिल्लो तहलाई अन्तर्वार्ताका भरमा नियुक्त गर्न अध्यक्ष सिलवालले ठूलै आर्थिक चलखेल गरेको कुुरा बाहिर आएको छ ।
अस्पतालबाट सेवा प्रवाह गर्ने तर्फ केन्द्रित हुनुपर्ने विकास समिति र अध्यक्ष सिलवालले अहिले आफन्त, नातागोता र आफू निकटकालाई कर्मचारी नियुक्ति गर्ने तर्फ तल्लीन हुँदा अस्पतालका कर्मचारी भने रुष्ट देखिएका छन् । अध्यक्ष डा. फरर्वाड सिलवालसँग सम्पर्क राख्दा उनले यस विषयमा कुनै प्रतिक्रिया दिन मानेनन् । उनले भने म अहिले बाहिर छु अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई सोध्नु भन्ने जवाफ दिएर पन्छिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक हुने
जेठ २०, २०८१ आइतबार
झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
जेठ १८, २०८१ शुक्रबार
कोशी प्रदेशको एक अर्ब ३१ करोड बेरुजु
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
इन्डोनेसियामा ज्वालामुखी विस्फोट
जेठ २०, २०८१ आइतबार
पर्यटन प्रवर्द्धनका लागि दाङमा चलचित्र बहस
जेठ २०, २०८१ आइतबार
एक्जिट पोल 'मोदी मिडिया पोल' हो, सरकार हाम्रै बन्छ : राहुल गान्धी
जेठ २०, २०८१ आइतबार
हाते ट्रयाक्टर छोडेर गोरु पाल्दै किसान
जेठ २०, २०८१ आइतबार
कारोबारको पहिलो दिन नेप्से आज दोहोरो अङ्कले बढ्यो
जेठ २०, २०८१ आइतबार
एक अर्ब ५१ करोड ठगी गरेको आरोपमा पक्राउ परेका सीबी लामा सार्वजनिक
जेठ २०, २०८१ आइतबार