यस वर्षको भूपू सैनिक सम्मेलनको कार्यतालिका सार्वजनिक, कहाँ कहिले ?
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १२:२७:४९
११ माघ, काठमाडौं । नेपाली सेनाले यस वर्ष इटहरी, भरतपुर र काठमाडौलाई मुख्य केन्द्र मानी विभिन्न ठाउँमा ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी सेनाले सम्मेलन गर्न लागेको हो । पूर्वीपृतना इटहरी, नम्बर २ हिले, नम्बर १८ गाइघाट, नम्बर २१ चारआली बाहिनी अड्डा तथा पाँचथरको रणशेर गण र ओखलढुङ्गाको दुर्गा बक्स गणमा आगामी फागुन ३ गते सम्मेलन हुनेछ ।
प्रधानसेनापति प्रभुराम शर्माले नेतृत्व सम्हालेपछि दुई वर्षअघि दिपायलबाट सुरु भएको ‘भूतपूर्व सैनिक सम्मेलन’ अघिल्लो वर्ष बुटवल, दाङ, पोखरा, खैरेनीटार, सिन्धुली र बर्दिवासमा भएको थियो । चितवनको भतपुरस्थित नयाँ सबुज गण र नुवाकोटको त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा आगामी फागुन ११ गते उक्त सम्मेलन हुँदैछ ।
प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ गर्ने प्रचलन रहिआएको छ । काठमाडाँैस्थित सैनिक मञ्च टुँडिखेल, नम्बर १ बालाजु, नम्बर १३ ललितपुर र नम्बर १७ बाहिटी बाहिनी अड्डा तथा नम्बर १ विपद् व्यवस्थापन गण, भक्तपुरको इन्द्रबक्स गण र गठ्ठाघरको भैरव वाहन गुल्म, कालीजङ्ग गण धुलिखेल र चौतारास्थित इन्द्रध्वज गणमा आगामी चैत ४ गते भूपू सैनिक सम्मेलन हुने छ ।
विसं २०७० असोजमा सैनिक कल्याणकारी बोर्ड स्थापना भएपछि यस कार्यले निरन्तरता पाउँदै आएको छ । सम्मेलनका क्रममा भूपू सैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलीयतदरमा उपलब्ध गराइने रकमको चेक हस्तान्तरण तथा ज्येष्ठ भूपू सैनिक र एकलको सम्मान गरिनेछ ।
मुलुकमा हाल निवृत्तिभरणमा राजिनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८७ हजार दुई छ भने पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १६ हजार दुई सय ११ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार एवं सेवा र सहुलियतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सैनिक कल्याणकारी बोर्डबाट स्वास्थ्य र शिक्षालगायतका सेवा प्राप्त गर्ने हिताधिकारीको सङ्ख्या १० लाखभन्दा बढी छ । सेना भूतपूर्व सैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहुआयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा छ ।
सम्मेलनका क्रममा भूपू सैनिकको मार्चपास, जिल्लागत सांस्कृतिक झाँकी, सैनिक ब्याण्ड प्रदर्शन, ज्येष्ठ सैनिक तथा चारभन्दा बढी सन्तति सेनामा हुनेका माता–पितालाई सम्मान तथा अन्तक्रिर्या र छलफल हुनेछ । सम्मेलनका अवसरमा भूपू र आश्रित परिवारको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि प्रदानका साथै टोपी, सल, ट्रयाकसुट, स्वीटरसहितको झोला र आतेजाते दैनिक भ्रमणभत्तासमेत उपलब्ध गराँउने सैनिक परम्परा छ ।
सम्मेलन जीवनको महत्वपूर्ण समय सेनामा बिताएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर हो । सेनाको सङ्गठन, सैनिक नेतृत्व र हिताधिकारीबीच आत्मीयता, भरोसा र विश्वास वृद्धि हुने त्यस्तो जमघटले सम्पूर्ण हिताधिकारीको सामाजिक प्रतिष्ठा र आत्मसम्मान बढ्ने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउनुहुन्छ । ‘सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने मूल नाराका साथ आयोजना हुँदैआएको सम्मेलन भूपू सैनिकको सर्वपक्षीय सम्मुन्नति र प्रगतिमा केन्द्रित छ ।
सम्मेलनमा हुने पुराना पल्टनियाबीचको भेटघाट र विचारको आदानप्रदानले बहालवाला र भूपूबीचका सम्बन्ध प्रगाढ तुल्याउन योगदान पुग्नेछ । देश र संस्थाप्रतिको आस्था र भरोसालाई सम्मान गर्न तथा भूपूले राष्ट्रसेवामा गरेको योगदानको कदर गर्ने अवसरका रूपमा सम्मेलन हुँदै आएको छ ।
सम्मेलनका क्रममा हुने छलफल र अन्तक्रिर्याले भइरहेका प्रयासको मूल्याङ्कन र सङ्गठनलाई योजना तर्जुमामा महत्वपूर्ण सुझाव प्राप्त हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली नदीमा सेनाको विपद् नमुना अभ्यास
जेठ १४, २०८१ सोमबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
कीर्तिमानी पर्वतारोही पूर्णिमालाई काठमाडौंमा भव्य स्वागत [ फाेटाेफिचर ]
जेठ १४, २०८१ सोमबार
इमानदारितापूर्वक मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु : सन्दीप
जेठ १४, २०८१ सोमबार
नेप्से सामान्य अंकले बढ्यो, तीन अर्ब ८९ करोडभन्दा बढीको कारोबार
जेठ १४, २०८१ सोमबार
गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिटमाथि प्रारम्भिक सुनुवाई बुधबार हुने
जेठ १४, २०८१ सोमबार
भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस, जनजीवन प्रभावित
जेठ १४, २०८१ सोमबार