पोखरामा नाट्यसम्राट बालकृष्ण समको जन्मजयन्ती मनाइँदै
नेपालबहस संवाददाता
माघ २५, २०८० शुक्रबार ०:३७:३७
२५ माघ, गण्डकी । नेपाल नाट्यप्रतिष्ठान, पोखराको आयोजनामा यही माघ २७ गते पोखरामा नाट्यसम्राट बालकृष्ण समको १२१ औँ जन्मजयन्ती मनाउने तयारी गरिएको छ । स्वदेश एवं विदेशमा ख्यातिप्राप्त नाट्ययकर्मीको सहभागितामा कार्यक्रम गर्न लागिएको नेपाल नाट्य प्रतिष्ठान, पोखराका अध्यक्ष प्रा. डा. रामचन्द्र पोखरेलले जानकारी दिए ।
कार्यक्रममा विभिन्न तीनवटा कार्यपत्रमा छलफलका साथै युवा नाट्यकर्मी केदारनाथ पौडेद्वारा लिखित एवं निर्देशित नाटक भ्रुण मञ्चन गरिने प्रतिष्ठानले जनाएको छ । उक्त अवसरमा प्रा. डा. रामचन्द्र पोखरेलको बालकृष्ण समको रङ्गमञ्चीय चेतना, डा अशोक थापाको बालकृष्ण समको गुणात्मक नाट्य योगदान र भारत, कालेबुङका नाट्यकर्मी सिके श्रेष्ठको नेपाली नाटक हिजो, आज र भोलि शीर्षकका कार्यपत्र प्रस्तुत भई छलफल एवं अन्तरक्रिया गरिने छ ।
कार्यक्रममा वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया र हरिहर शर्मालाई अभिनन्दन गरिने अध्यक्ष डा पोखरेलले जानकारी दिए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, प्रायोजक तथा पोखरा प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र इन्द्रेणी थिएटर, पोखरा प्रवर्द्धक रहेको कार्यक्रममा भारतबाट वरिष्ठ नाट्यकर्मी सिके श्रेष्ठ, भारतीय नेपाली नाट्य प्रतिष्ठानका अध्यक्ष डा. विजय रुचाल, वरिष्ठ नाट्यकर्मी दार्जिलिङका पी अर्जुन, सिलगढीका कृष्ण प्रधान, सिक्किमका चुन्नीलाल घिमिरे, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ नाट्यकर्मी सरुभक्तलगायत स्वदेशी एवं विदेशी नाट्यकर्मी, अभिनेता एवं अनुसन्धाता गरी एक सय ५० जनाको उपस्थिति रहने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार