त्रिविको उपकुलपति पदमा १४ जनाको संक्षिप्त सूची सार्वजनिक
नेपालबहस संवाददाता
माघ २६, २०८० शुक्रबार ९:३३:२४
२६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति (भीसी)का लागि आवेदन दिएकाहरु मध्येबाट १४ जना संक्षिप्त सूचीमा परेका छन् । उपकुलपति छनोट तथा सिफारिस समितिले १४ जनाको नाम संक्षिप्त सूचीमा राखेको हो ।
यसअघि कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि सहकुलपतिसमेत रहेका शिक्षामन्त्री अशोक कुमार राई नेतृत्वको सिफारिस समितिले पुस तेस्रो साता आवेदन माग गरेको थियो ।
उपकुलपति पदका लागि २ महिला र ४१ पुरुष गरी ४३ जनाको आवेदन परेको थियो । ती ४३ जनामध्येबाट सिफारिस समितिले १४ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको हो ।
वर्णानुक्रम अनुसार सार्वजनिक गरिएको सूचीमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा छन् ।
यसअघि भीसीका लागि सम्भावित उम्मेदवार मानिएका त्रिविका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेल भने संक्षिप्त सूचीमा परेका छैनन् । संक्षिप्त सूचीमा एकजना मात्र महिला कुशुम शाक्य छिन् । उनी त्रिविको मानविकी तथा सामाजिक विज्ञान संकायकी डिन हुन् । प्रारम्भिक सूचीमा परेकी संगीता रायमाझी पनि संक्षिप्त सूचीमा परेकी छैनन् ।
संक्षिप्त सूचीमा परेकाहरूले अब आफ्नो सोच पत्र र व्यावसायिक कार्य योजना प्रस्तुत गर्नुपर्ने छ । त्यसका शिक्षा मन्त्रालयमा माघ २९ गतेदेखि फागुन २ गतेसम्मको समय तालिका निर्धारण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
अम्बानी र राधिकाको दोस्रो प्रि-वेडीङ क्रुजमा हुने
जेठ १५, २०८१ मंगलबार
कोशी प्रदेशमा गणतन्त्र दिवस मनाइयो
जेठ १५, २०८१ मंगलबार
सैनिक मञ्च टुँडिखेलमा १७ औं गणतन्त्र दिवसको विशेष समारोह
जेठ १५, २०८१ मंगलबार
बजेटबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्
जेठ १५, २०८१ मंगलबार
साउदी लिगमा रोनाल्डोको किर्तिमान
जेठ १५, २०८१ मंगलबार
दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्दै उत्तर कोरिया
जेठ १५, २०८१ मंगलबार