मन्त्रिपरिषद बैठकका ७१ निर्णय सार्वजनिक ( पूर्णपाठसहित )
नेपालबहस संवाददाता
फागुन ८, २०८० मंगलबार १७:५९:२९
८ फागुन, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ७१ वटा निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेकी हुन् ।
उनले माघ १८ र २५ सँगै फागुन ६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय एकसाथ सार्वजनिक गरेकी हुन्। माघ १८ र २५ गते बसेको बैठकले २३–२३ वटा निर्णय गरेको थियो। फागुन ६ गतेको बैठकले २५ वटा निर्णय गरेको हो।
सरकारले बालकुमारी घटनासम्बन्धी प्रतिवेदनको अध्ययन सकिएपछि आवश्यक निर्णय लिइने जनाएको छ । मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले बालकुमारी घटनाबारे सत्य तथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगको प्रतिवेदन गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाएको भन्दै प्रतिवेदनको अध्ययन सकिएपछि आवश्यक निर्णय लिइने जानकारी दिइन् ।
मन्त्रिपरिषदले तीनै तहका सरकारबीच रोयल्टी बाँडफाँटका आधारसहितका अनुसूचीहरु स्वीकृत गर्ने र सम्बन्धित प्रदेश तथा स्थानीय तहहरूलाई रकम हस्तान्तरण गर्ने निर्णय गरेको उनले बताइन् । डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूको विद्युत महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप्ने निर्णय भएको उनले बताइन् ।
त्यस्तै एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने, सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी दुई महिनाभित्र परिमार्जित मस्यौदा पेस गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।
त्यस्तै बैठकले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट पारित गर्न बस्ने मन्त्रिपरिषदबाट संसदीय समिति गठनबारे निर्णय हुने
जेठ १५, २०८१ मंगलबार
सैनिक मञ्च टुँडिखेलमा १७ औं गणतन्त्र दिवसको विशेष समारोह
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
प्रचण्डका अन्तिम ब्रम्हास्त्र हुन रवि लामिछाने
जेठ १५, २०८१ मंगलबार
मंगलबार सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
जेठ १५, २०८१ मंगलबार
वर्षाले अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा
जेठ १५, २०८१ मंगलबार
तनहुँमा विकास बजेटको खर्च अवस्था निराशाजनक
जेठ १५, २०८१ मंगलबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट 'बिओपी' स्थापना
जेठ १५, २०८१ मंगलबार
क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन
जेठ १५, २०८१ मंगलबार