संसद परिसरबाट पक्राउ परेका लघुवित्त पीडितलाई ७ दिन हिरासतमा राखिने
नेपालबहस संवाददाता
फागुन १५, २०८० मंगलबार १८:२:३७
१५ फागुन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघीय संसद भवन परिसरभित्र पसेर प्रदर्शन गरेका लघुवित्तका ऋणीहरूलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । प्रशासनले ४९ जनालाई ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
एक जना पुरूष र ४८ जना महिलालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूमाथि सार्वजनिक शान्तिविरूद्धको कसुरमा म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए । सोमबार दिउँसो ऋणीहरूले प्रहरी छलेर संसद भवनभित्र पसेका थिए ।
भवनको परिसरमा पुगेर उनीहरूले न्याय माग गर्दै नाराबाजी गरेका थिए । प्रशासन कार्यालयले माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको छ । त्यसरी संघीय संसद भवनभित्रै पसेपछि प्रशासनले संसद भवन बानेश्वर, सिंहदरबार र बालुवाटारका पेटीमा हिँड्न निषेध गरी निषेधित क्षेत्र लेखिएको छ । आज ती क्षेत्रका सडक पेटीमा डोरी बाँधेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण
जेठ १५, २०८१ मंगलबार
सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
जेठ १५, २०८१ मंगलबार
प्रिमियर लिगमा फर्किए यी तीन क्लब
जेठ १५, २०८१ मंगलबार
भावी रणनीति बनाउन देउवाले बोलाए विपक्षी दलहरुको बैठक
जेठ १५, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
जेठ १५, २०८१ मंगलबार