२२ वर्षपछि संजय किशोर श्रेष्ठले ल्याए ‘तिमी जस्तै’
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार १६:३५:५०
१७ फागुन, काठमाडौं । ‘धेरै भो’,‘रुमाल लुकाई लुकाई खेल्दा’,‘हुँदैन कसैको मुटू ढुङ्गाको’ लगायतका गीत मार्फत गायनमा स्थापित भएका पृथक स्वरका धनि चर्चित गायक संजय किशोर श्रेष्ठले झन्डै दुई दशकपछि नयाँ गीत ‘तिमी जस्तै’ सार्वजनिक गरेका छन् ।
बिहीबार काठमाडौँ जमलस्थित विश्वज्योति चलचित्र भवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले गायनमा पुनः आगमन गर्दा पाएको साथले हौसला मिलेको बताए । ‘पुनः गायनमा सक्रियता बढाउने जमर्को गरेको छु । जेम्स दाईका कारण यो सम्भव भएको हो । आश छ, पहिला झैँ माया पाउने छु’, गायक श्रेष्ठले भने, ‘समयअनुसार आफूलाई परिमार्जित गर्ने कोशिश गरेको छु । आगामी दिनमा पनि समय सापेक्ष गीत सार्वजनिक गर्नेछु ।’
उनले सार्वजनिक गरेको गीतमा जेम्स प्रधानको शब्द र सङ्गीत रहेको छ भने गीतको भिडियो पनि जेम्सले नै निर्देशन गरेका हुन् । भिडियोमा गायक श्रेष्ठ नै देखिएका छन् । उनी नेपाल आएपछि गायक तथा सङ्गीतकार जेम्स प्रधानसँग भेट भएपछि साङ्गीतिक सहकार्य जुटेको हो ।
‘मैले गीतलाई तयार गरेर राखेको थिएँ । एकदिन गायक श्रेष्ठ आएर सुने । यही गीतमार्फत पुनः गायनमा सक्रियता दिन्छु भनेपछि हामीले सहकार्य गरेका हौँ’, सङ्गीतकार प्रधानले भने,‘यो गीतको श्रव्यदृश्य पनि मैले नै तयार गरेको छु । हामीले धेरै सोचेर गीतको मर्मअनुसार दृश्याङ्कन गरेका हौँ ।’
कार्यक्रममा उपस्थित गायक शशी गुरुङले आफू झैँ दुई दशक पश्चात सक्रियता देखाएको भन्दै गायक श्रेष्ठलाई शुभकामना दिए । उनले भने,‘म पनि बाइस वर्षपछि केही दिन अगाडि मात्र नयाँ गीत लिएर आएँ । संजयलाई पनि निरन्तरता दिनुपर्छ भन्न चाहन्छु । उनको गायन शैली र गायनको मिठास गज्जब छ ।’
अर्का गायक भीम तुलाधरले गायक श्रेष्ठको आवाज अन्य भन्दा छुटै मिठास भएको बताए । ‘संजयले दुई दशक अगाडि पाएको चर्चा लोभ लाग्दो थियो । विविध कारणले उसले पाउनु पर्ने सफलता पाएन । अमेरिका पुगेर पनि नेपाल फर्किएर सङ्गीतमा भविष्य देख्नु सुखद कुरा हो । उसलाई निरन्तरताको कामना’, गयाक तुलाधरले भने ।
कार्यक्रममा गायक बबिन प्रधान, कविन्द्र श्रेष्ठ, डिजाइनर अनिल स्थापित, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले गायक श्रेष्ठको गायन यात्राको बारेमा चर्चा गर्दै शुभकामना दिएका थिए । सार्वजानिक भिडियोमा जेसिका प्रधानको रङ्ग संयोजन र सम्पादन, जेम्स प्रधानको शब्द र सङ्गीत, श्याम तामाङले छायाङ्कन गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यूजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
जेठ ११, २०८१ शुक्रबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
बजेटको आकारअनुसार शिक्षामा बढेन लगानी
जेठ १५, २०८१ मंगलबार
सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइने
जेठ १५, २०८१ मंगलबार
विभिन्न क्षेत्रमा लाग्दै आएको करका दरबारे के भन्छ बजेट ?
जेठ १५, २०८१ मंगलबार
बजेट हावादारी भयो, सुधारका कार्यक्रम देखिएनः कांग्रेस
जेठ १५, २०८१ मंगलबार
बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य
जेठ १५, २०८१ मंगलबार
सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने
जेठ १५, २०८१ मंगलबार