फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं वार्षिकोत्सव मनाउँदै
नेपालबहस संवाददाता
फागुन २१, २०८० सोमबार १५:१:१०
२० फागुन, काठमाडौं । नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो मार्च महिनामा आफ्नो सातौं बार्षिकोत्सब मनाउँदैछ । वितेका सात वर्षमा फेयरफिल्ड काठमाडौंले न्यानो आथित्यताका साथमा पस्केको लक्जरी, आरामदायिता र साँस्कृतीक विविधताको अद्धितीय अनुभव गरेका हज्जारौँ स्वदेशी तथा विदेशी पर्यटकहरुले यस होटलको खुलेर प्रशंसा गर्दै आएका छन् ।
सात वर्ष अगाडि नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड म्यारिअटलाई भित्र्याएर यस होटलले नेपालको पर्यटन क्षेत्रकै समग्र आथित्यता सेवाको स्तरवृद्धि गर्न सफल भएको हो । फेयरफिल्ड काठमाडौंमा आतिथ्य सेवाका लागि तिन उत्कृष्ट रेष्टुराँहरू रहेका छन् ।
अल डे डाईनिङ्ग रेष्टुराँ काभा, जापानीज रेष्टुराँ काकु काकु सिका जिका र मेडिटेरिअन ओचो स्काई लाउन्ज खानाको उत्कृष्ठ स्वादका साथमा आथित्यतामा उच्चतम अनुभव पस्किन सदैब तत्पर रहँदै आएका छन् । काभामा नेपाली, ईण्डियन र वेष्टर्न खानाहरु पस्किने गरिएको छ भने काकु काकु सिका जिकामा सुसी रोल, टेपनयाकी जस्ता प्रसिद्ध जापानी खाना पाईन्छ ।
ओचो स्काई लाउन्जमा भने काठमाडौं शहरको रङ्गिन वातावरण नियाँल्दै इटालियन र स्पेनिस खानको स्वाद लिने अवसर मिल्नेछ । यद्यपि कुनै पनि रेष्टुराँमा बसेर कुनै पनि मेन्यु बाट खानाको अर्डर गर्न सकिने अवसर फेयरफिल्डले दिँदै आएको छ ।
काठमाडौंका मुटु मानिने ठमेलको मुखैमा रहेको फेयरफिल्डबाट काठमाडौं दरबार स्क्वायर दश मिनेटको दुरीमा पर्छ भने दरबारमार्ग पाँच मिनेट भन्दा कमको पैदल यात्रामा पुग्न सकिन्छ । काठमाडौंका स्थानीय जीवनलाई नजिकबाट नियाल्दै यहाँको रात्री जीवन होस् या सांस्कृतिक विविधताको अनुभूति गर्न चाहने पर्यटकहुन् सबैलाई पायक पर्ने फेयरफिल्ड हरेक वर्ग र उमेर समूहका पर्यटकको साझा रोजाई बन्दै आएको छ ।
विश्व प्रसिद्ध होटल ब्राण्ड म्यारिअट बोनभोईको अनुपम आथित्यता र लक्जिरी अनुभूति गर्न चाहने स्वदेशी तथा विदेशी पाहुनालाई आफ्नो सात बर्षे यात्रा सफल बनाईदिएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै काठमाडौं म्यारिअट होटल तथा फेयरफिल्ड काठमाडौंका क्लस्टर डाईरेक्टर सेल्स एण्ड मार्केटिङ् वरुण कमरा भन्छन्, “यहाँहरूको साथ र सहयोग विना यो सफलता सम्भव थिएन, यो अभूतपूर्व सहयोगका लागि हार्दिक धन्यवाद । आगामी दिनमा हाम्रो सेवा र सुविधालाई अझ विस्तार गरेर लैजाने प्रतिबद्धता जनाउँछौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वी राजमार्गका होटल व्यवसायीलाई ‘पर्यटकमैत्री सेवा’सम्बन्धी तालिम
बैशाख ३०, २०८१ आइतबार
उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार