नेपालभाषा म्युजिक भिडियो “लहिनां तयागु दुधा.”को प्रिमियर
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १०:५१:३१
३० फागुन, काठमाडौं । नेपाली समाजको यथार्थपरक घटनामा आधारित घाउमा मलम लगाउँदा सजिलै निको हुने, तर मुटु भित्र चिरिएको घाउ झन बल्झदै जाने र कहिल्यै निको नहुने रहेछ । भन्ने सामाजिक मर्म बोकेको नेपालभाषाको म्युजिक भिडियो गीत “लहिनां तयागु दुधा.”को प्रिमियर हाइलाइट्स नेपालको युट्युबमार्फत भएको छ ।
यसको प्रिमियर फागुन २९ गते काठमाडौंस्थित रञ्जना सिनेप्लेक्स, न्युरोड फसिकेवमा एक कार्यक्रम गरी सम्पन्न भएको हो ।
धार्मिक तथा सांस्कृतिक सम्पदाको नगर कीर्तिपुरको जोशीननी हेरिटेज होम्समा नेपालभाषाको गीत “लहिनां तयागु दुधाः लिथ्वया वल य.माँ....” म्युजिक भिडियो छायाँकन कार्य नेवाः साधना कला केन्द्रको व्यानरमा निर्माण भएको भएको हो ।
उक्त गीतमा संगीत, एरेन्ज रेकर्ड, मिसिङ र मास्टरिङ बरिष्ठ संगीतज्ञ दिप तुलाधरको रहेको छ । कलाकारहरुमा गायिका सरस्वती मानन्धर, खलनायक सुरेन्द्र श्रेष्ठ, नायिका मिरा डंगोल, राजेश श्रेष्ठ, गायिका सुद्धलक्ष्मी श्रेष्ठ, गायक ताराराम मुनकर्मि बालकलाकार सुजी नेपालीको प्रमुख भूमिका रहेको छ भने सहभूमिकामा प्रेम कार्की र शोभा कार्कीको अभिनय हेर्न पाइने छ । प्रविधिका तर्फ श्रृंगारमा मिरा डंगोल, क्यामेरा, सम्पादन र कलरिङ राजेश शाक्यको रहेको छ भने यसको निर्देशन नेपालभाषा क्षेत्रका वरिष्ठ लेखक तथा निर्देशक पवन जोशीले गरेका हुन् ।
कार्यक्रम नेवा साधना कला केन्द्रको अध्यक्ष तथा गीतका रचनाकार र सहनिर्देशक सुन्दरमान श्रेष्ठ –बागमति भाई०को सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि वरिष्ठ संगीतकार धन बहादुर गोपाली रहेका थिए । गोपालीले नेपाली समाजमा देखिने गरेको मद्यपानका कारण परिवारमा आउने विपतिको बारेमा कलात्मक रुपमा प्रस्तुत गीतले समाजको विकृति हटाउन टेवा पुग्ने विचार व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा कलाकेन्द्रका सल्लाहकार पौभा साय्मिको विशेष आतिथ्यताको मन्तव्यको क्रममा राज्यले नेपाल भाषा र नेपाल संवतलाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिइसकेको हुँदा अब जनस्तरबाट र नेपालभाषाका कार्यक्रममा कसैले बुझे पनि नबुझे पनि आफ्नै भाषाको प्रयोग गर्न र तिथि मितिको रुपमा नेपाल संवत्को प्रयोग व्यापक बनाउनु पर्ने धारणा पनि व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिकाको वडा नं. १८ का वडाअध्यक्ष न्हुछेंकाजी महर्जनले नेपालभाषाको विकासमा योगदान दिने गीतकार तथा संगीतकारहरुको प्रवर्द्धनमा वडाले निकट भविष्यमा महोत्सव गर्ने तयारीमा रहेको जानकारी दिए । त्यस्तै शान्ति खलःका संस्थापक सदस्य तथा समाजसेवी कुष्णबहादुर साहु श्रेष्ठको पनि उपस्थिति रहेको कार्यक्रममा बाक्लो संख्यामा गीत संगीतका पारखीहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
उपेन्द्रले सभामुखलाई दिए नयाँ दल बनाएका सात सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार