सरकारले लघुवित्त पीडितलाई सोमबार २ बजे बोलायो वार्तामा
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १९:४६:३५
३० फागुन, काठमाडौं । सरकारले आन्दोलनरत लघु वित्त पीडितलाई वार्तामा बोलाएको छ । अर्थ मन्त्रालयले लघु वित्त पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको हो । मन्त्रालयले शुक्रबार अपरान्ह २ बजे लघु वित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको छ ।
मन्त्रालयले यसअघि नै समस्याको टुंगो नलाग्दासम्म लघुवित्तका ऋणीलाई घर घरमा गएर गैरकानुनी रुपमा बलजफ्ती नगर्न लघु वित्त सञ्चालकलाई निर्देशन दिएको थियो । नेपाल राष्ट्र बैंकबाट दिइएको नीति निर्देशन विपरीत कार्य गर्ने लघु वित्त वित्तीय संस्थाहरूमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन यस अघि नै निर्देशन दिइएको छ ।
मन्त्रालयद्वारा सह–सहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको हो ।
उक्त समितिमा गृहमन्त्रालयका सह–सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई, कानून मन्त्रालयका उप–सचिव झइन्द्र गुरागाईं, नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन् । समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उप–सचिव केशव उप्रेती छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
बजेट स्वागतयोग्य : अध्यक्ष ढकाल
जेठ १५, २०८१ मंगलबार
अबण्डा बजेट करिब ७६ अर्ब
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
यस्ता छन् बजेटमा नयाँ नारा र कार्यक्रम
जेठ १५, २०८१ मंगलबार
बढेन कर्मचारीको तलब
जेठ १५, २०८१ मंगलबार