उपचारका लागि महरा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार २०:४९:४३
५ चैत, काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै नर्भिकमा भर्ना गरिएको हो।
संगठित निवारण ऐन २०७० को दफा ३ र ४ बमोजिम मतियारको कसुरदार रहेको प्रहरी प्रतिवेदनका आधारमा सोमबारदेखि लागु हुने गरी उनलाई न्यायाधीश दुर्गाप्रसाद खनालले ४ दिन हिरासतमा राख्न अनुमति दिएका थिए।
उक्त आदेशका क्रममा न्यायाधीश खनालले महराको उपचारको बन्दोबस्त मिलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो 'सीआईबी' निर्देशन दिएका थिए।
महराले इजलासमा आफू टीबी, युरिक एसिड र प्रोस्टेटको बिरामी रहेको बताएका थिए। उनले आफूलाई विभिन्न रोग रहेको बताएपछि अदालतले अनुसन्धानको जिम्मेवारी लिएको सीआईबीलाई उपचार व्यवस्था गर्न निर्देशन दिएको थियो।
सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले महराले पहिले पनि नर्भिकमै उपचार गर्दै आएकाले त्यहीँ भर्ना गरिएको बताएका छन्।
महरालाई सीआईबीको टोलीले सोमबार जरुरी पक्राउ पुर्जी दिएर कपिलवस्तुबाट पक्राउ गरेको थियो। त्यसपछि आजै उनलाई रोल्पा जान लागेको अवस्थामा कपिलवस्तुबाट पक्राउ गरेर जहाजमा भैरहवा हुँदै काठमाडौं ल्याइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहट प्रहरीद्वारा लाखौँको भारतीय मलखाद र कुखुरा बरामद
जेठ १०, २०८१ बिहिबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
बजेटको आकारअनुसार शिक्षामा बढेन लगानी
जेठ १५, २०८१ मंगलबार
सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइने
जेठ १५, २०८१ मंगलबार
विभिन्न क्षेत्रमा लाग्दै आएको करका दरबारे के भन्छ बजेट ?
जेठ १५, २०८१ मंगलबार
बजेट हावादारी भयो, सुधारका कार्यक्रम देखिएनः कांग्रेस
जेठ १५, २०८१ मंगलबार
बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य
जेठ १५, २०८१ मंगलबार