साहित्य एवं कथाकार परशु प्रधानको निधन
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १०:५६:३६
६ चैत, काठमाडौं । नेपाली साहित्य क्षेत्रका एक शिखर स्रष्टा परशु प्रधानको निधन भएको छ । सोमबार राति काठमाडौंको नयाँबानेश्वरस्थित निवासमा ८० वर्षको उमेरमा उनको निधन भएको हो ।
परशु प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् । परशु प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए अध्ययन गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए ।
प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए । २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्धानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह हुन् ।
सीताहरु र घर कथोपन्यास पनि प्रकाशित भएका छन् । करिब एक दर्जन बाल कथाहरु पनि प्रकाशित भएका छन् । नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित भएका छन् । प्रारम्भमा परशु प्रधान र भूमिकै भूमिकामा परशु प्रधान भन्ने भूमिका संग्रह पनि प्रकाशित भएका छन् ।
त्यसैगरी भोजपुरः एक अध्ययन, सजिलो नागरिक शास्त्र, सगरमाथा अञ्चलको भूगोल, सामान्य ज्ञान डाइजेस्ट (२९ संस्करणसम्म प्रकाशित भएका छन् । प्रधानलाई नेपाल साहित्य संस्थान पुरस्कारसहित दुई दर्जन पुरस्कारबाट सम्मान गरिएको थियो ।
लेखेर कहिल्यै नथाक्ने र सधैं चलायमान रहिरहने परशु प्रधानको सक्रियता प्रोस्टेटको शल्यक्रियापछि केही वर्षयता सुस्ताएको थियो । साहित्य क्षेत्रको विधाको हिसाबले उनी धेरै विधामा बाँडिएका छन् । कथा, बालकथा, निबन्ध, समीक्षा, समालोचनाबाट उनलाई धेरैले चिन्ने गरेका छन् । उनको बहुआयामिक परिचय छ । यद्यपि उनमा कथाकै आधिपत्य छ ।
सरकारी जागिर खान पूर्वतयारी गर्नेहरुले उनलाई सामान्य ज्ञान लेख्ने लेखकको रुपमा चिन्ने गर्दछन् । उनका सामान्य ज्ञान डाइजेस्ट २९ संस्करणसम्म प्रकाशित छन् । यसैगरी पुस्तक विमोचनको संस्कृति नेपालमा भित्र्याउने श्रेय पनि परशु प्रधानलाई नै जाने गर्दछ ।
त्यसैले श्रीओम श्रेष्ठ रोदनले गोरखापत्रमा उनीबारे लेखेका छन्, ‘परशु प्रधानलाई कथाकार भनेर मात्र पुग्दैन । कञ्जुस्याइँ गरेको जस्तो हुन्छ । सिद्धहस्त आख्यानपुरुष नै भन्नुपर्छ ।’
भोजपुरको माटोमा जन्मिएका धेरै सिर्जनशील व्यक्तित्वमध्ये परशु प्रधान पनि एक हुन् । २००० सालमा भोजपुरमा जन्मिएका परशु नेवारको छोरा भए पनि बाहुनकी छोरी जानुकादेवी रेग्मी (साहित्यमा कल्पना प्रधान) लाई भगाएर बिहे गरेर क्रान्तिकारी जीवनको शुरुवात गरेका थिए ।
जात नमिलाएर अन्तरजातीय विवाह गरेकाले उनलाई त्यतिबेलाको कानुन अनुसार १२ वर्ष जेल र उनकी श्रीमतीलाई ६ वर्षसम्म जेल सजाय हुन सक्थ्यो, त्यसैले आफूले मन पराएकी जानुकादेवीलाई लिएर उनी भोजपुरबाट भागेर मोरङहुँदै भारतको बनारससम्म पुगेर लुकेका थिए । २०२० साल भदौ १ गते नयाँ मुलुकी ऐन आएपछि मात्र उनी आफ्नै देशमा सार्वजनिक रुपमा हिंडडुल गर्न पाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार