'जून ओर्लेको रात' बजारमा
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार १५:४९:३२
१४ चैत, गण्डकी । युवा कवि सञ्जीव पौडेलको ‘जून ओर्लेको रात’ कविता सङ्ग्रह बजारमा आएको छ । पोखरामा रहेर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील पौडेलको यो दोस्रो साहित्यिक कृति हो । यसअघि उहाँको २०७४ सालमा ‘यानी’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो ।
कविता संग्रहमा प्रकृति, संस्कृति, राजनीतिक एवं सामाजिक विसङ्गतिलगायत मानवीय संवेदनाका विविध पक्ष समेटिएका ५७ ओटा कविता प्रस्तुत गरिएको छ । समाजको विद्यमान विकृति विसङ्गतिलाई उल्लेख गर्दै ‘जून ओर्लेको रात’ को ‘शिक्षा’ शीर्षकको कवितामा उनी भन्छन्,
“मेरो छोरो
सन्तुलित आहार पढ्छ किताबमा
र भान्छामा
असन्तुलित आहारा खान्छ ।
मेरी छोरी
पढ्छे शारीरिक व्यायाम
तर
सुत्छे घाम तन्नेरी भएसम्म ।।”
कविता, गीत, गजल, मुक्तक, निबन्ध, कथालगायत साहित्यिक विधामा कलम चलाउने पौडेल समालोचनाका क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् । पोखरेली साहित्यको विकासका लागि सञ्चालित ‘पुछारसिटे’ अभियानका संयोजकसमेत रहेका पौडेल नेपाली लेखक सङ्घ गण्डकी प्रदेशको महासचिव हुन् ।
पौडेलको यो कृति अम्बर पब्लिकेसन, नयाँदिल्लीले प्रकाशन गरेको हो । नेपालमा पुस्तकको वितरण व्यवस्थापन माया पब्लिकेसनले गरेको छ । कूल एक सय पाँच पृष्ठमा समेटिएको कृतिको मूल्य रु दुई सय ७५ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिक्किमका राईलाई ‘द पोएट आइडल’को उपाधि
जेठ १३, २०८१ आइतबार
साइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुन
जेठ १५, २०८१ मंगलबार
पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !
जेठ १५, २०८१ मंगलबार
मन्त्रिपरिषदले स्वीकृत गर्यो आगामी आर्थिक वर्षको बजेट
जेठ १५, २०८१ मंगलबार
भारतको ढुङ्गा खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
पोप फ्रान्सिसमाथि समलिङ्गी बारे अभद्र टिप्पणी गरेको आरोप
जेठ १५, २०८१ मंगलबार