कपनबाट पेस्तोलसहित एकजना पक्राउ
नेपालबहस संवाददाता
चैत १६, २०८० शुक्रबार १४:२१:४३
१६ चैत, काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने गरेको अभियोगमा लिम्बूलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेका लिम्बूसँग कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान, मोबाइल दुई थान र आइफोन एक थान बरामद गरेको छ । पक्राउ परेका लिम्बूसँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
जेठ १४, २०८१ सोमबार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
जेठ १४, २०८१ सोमबार
अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
प्रचण्डका अन्तिम ब्रम्हास्त्र हुन रवि लामिछाने
जेठ १५, २०८१ मंगलबार
मंगलबार सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
जेठ १५, २०८१ मंगलबार
वर्षाले अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा
जेठ १५, २०८१ मंगलबार
तनहुँमा विकास बजेटको खर्च अवस्था निराशाजनक
जेठ १५, २०८१ मंगलबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट 'बिओपी' स्थापना
जेठ १५, २०८१ मंगलबार
क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन
जेठ १५, २०८१ मंगलबार