राष्ट्र बैंकलाई अर्थको पत्र, ‘स्थानीय तहको सञ्चित कोषको रकम बैंकहरूको निक्षेपमा गणना गर्ने काम रोक्नु’
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १४:५६:३९
२१ चैत, काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भन्दै नेपाल राष्ट्र बैँकलाई यसअघि बाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चित कोषको रकमलाई निक्षेपमा गणना गर्न दिने भनेर गरिएको निर्णय उल्टिएको जनाएको छ । अब बैंकहरुले यस्तो रकम निक्षेपमा गणना गर्न नपाउने मन्त्रालयको भनाइ छ ।
राष्ट्र बैंकका एक कर्मचारीले दिएको जानकारी अनुसार अर्थ मन्त्रालयले चैत १९ गते राष्ट्र बैंकलाई निक्षेपमा गणना गर्ने काम रोक्न भनेको छ । यो निर्णय तत्काल कार्यान्वयन गर्न र त्यसको नतिजा अर्थमा पठाउन राष्ट्र बैंकलाई निर्देशन गरिएको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय कार्यान्वयनका लागि पत्र पठाएपछि राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई मंगलबार यो जानकारी गराएको छ ।
बाणिज्य बैंकहरुले माग गरे अनुसार यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय तहको सञ्चित कोषमा मौज्दात रहेको रकम निक्षेपमा गणना गर्न पाउने नीति बनाएका थिए । यसपछि कोषको रहेको ६० प्रतिशत रकम वाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्दै आएका थिए । अर्थ मन्त्रालयले पनि सञ्चित कोषमा रहेको मौज्दातलाई वाणिज्य बैंकको निक्षेपमा गणना गर्ने व्यवस्था हटाउने निर्णय भएको जानकारी दिएको छ ।
अहिले करिब १ खर्ब रकम बैंकहरूले निक्षेपको रुपमा गणना गर्दै आएका थिए । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै अर्थले यस्तो निर्णय लिएको बताइएको छ । अधिक तरलता भएपछि राष्ट्र बैंकले वित्तीय प्रणालीबाट निक्षेप खिच्दै आएको थियो । सरकारी कोषको पैसा बैंकहरूले विना ब्याज निक्षेपमा गणना गर्ने र राष्ट्र बैंकले ब्याज तिरेर तरलता खिच्नुपर्ने अवस्थामाथि प्रश्न उठाउँदै अर्थले यस्तो निर्णय गरेको हो ।
अब बैंकहरूसँग लगानी योग्य कर्जाका लागि उपलब्ध स्रोत साढे ५ खर्बमा हाराहारीमा मात्र हुनेछ । अहिले बैंकिङ प्रणालीमा अधिक तरलता भएकोले बैंकहरूलाई तरलता व्यवस्थापन गर्न खासै समस्या नहुने अर्थको भनाइ छ । चालु आर्थिक वर्ष लागेपछि राष्ट्र बैंकले स्थायी निक्षेप सुविधामार्फत ८ खर्ब २५ अर्ब १० करोड तरलता प्रशोचन गरिसकेको छ । २ फागुनदेखि राष्ट्र बैंकले उक्त सुविधा सुरु गरेको थियो । यस्तै निक्षेप संकलन उपकरण मार्फत ६ खर्ब ९३ अर्ब ५ करोड तरलता प्रशोचन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार