आजदेखि बाँकेमा सशस्त्र प्रहरीको सीमा पैदल गस्ती सुरु
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १५:१९:४४
२१ चैत, राँझा 'बाँके' । बाँकेको भारतसँग जोडिएको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले आजदेखि सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सीमा पैदल गस्ती सुरु गरेको छ । नेपाल–भारत सीमा दशगजामा क्षेत्रमा रहेको ६ सय ५१ नं जङ्गेपिलरबाट सशस्त्र प्रहरी बल नंं ३० बागेश्वरी गणले सशस्त्र प्रहरी निरीक्षक जालन्दर केसीको नेतृत्वमा एक प्लाटुन टोली चौबिसै घन्टा सीमा गस्तीमा तैनाथ रहने गरी सीमा पैदल गस्ती सुरु गरेको हो ।
गस्ती शुभारम्भ समारोहमा सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी वाहिनी मुख्यालय रुपन्देहीका सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीले सीमाको अवस्था बुझ्न र दुवै देशका सुरक्षाकर्मीबीच सहकार्यको विश्वास बढाउन पैदल गस्ती सहयोगी हुने बताए ।
“पैदल गस्तीले सीमावासी जनताका समस्या र सीमा सुरक्षामा रहेका समस्या बुझेर नीति निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ”, सशस्त्र प्रहरी नायब महानिरीक्षक खत्रीले भने, “सीमावासी जनतासँग अन्तरक्रिया गर्दै पैदल गस्तीमा सशस्त्र प्रहरी फौजले सीमा क्षेत्रमा दिनरात पसिना बगाउने छ ।”
सीमासँग जोडिएका जिल्लाका सीमास्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले सीमा पैदल गस्ती परिचालन गरिएको खत्रीले बताए ।
सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सीमा पैदल गस्तीले सशस्त्र प्रहरीलाई नागरिकमैत्री बन्न र दुवैतर्फका सीमाक्षेत्रका नागरिकले सुरक्षाको अनुभूति गर्न सक्ने बताए । सशस्त्र प्रहरी बल नं ३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले अहिले आफ्नो मातहतको सीमा क्षेत्रमा सीमा पैदल गस्ती सुरु गरिएको बताए । यो गस्तीले सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।
सीमा गस्तीअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेससमेतको जनशक्ति समावेश गरेर सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोबस्तीका सामग्रीसहित परिचालित हुने उनको भनाइ छ । भारतसँग जोडिएको बाँकेको करिब ६५ किलोमिटर खुला सीमा छ । त्यसको हरेक तीन÷तीन किलोमिटर दूरीमा भारतीय सीमा सुरक्षा बल 'एसएसबी' तैनाथ छ ।
नेपालतर्फ भने सशस्त्र प्रहरीको उपस्थिति न्यून छ । सीमा पैदल गस्तीले सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने सशस्त्र प्रहरी उपरीक्षक डाँगीको विश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबबई क्याम्पसमा डा. अहिराजद्धारा पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा दाङ जिल्लामा निमार्ण गरिएको विद्यालय भवनको उद्घाटन
जेठ १२, २०८१ शनिबार
सुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
जेठ १०, २०८१ बिहिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
अम्बानी र राधिकाको दोस्रो प्रि-वेडीङ क्रुजमा हुने
जेठ १५, २०८१ मंगलबार
कोशी प्रदेशमा गणतन्त्र दिवस मनाइयो
जेठ १५, २०८१ मंगलबार
सैनिक मञ्च टुँडिखेलमा १७ औं गणतन्त्र दिवसको विशेष समारोह
जेठ १५, २०८१ मंगलबार
बजेटबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्
जेठ १५, २०८१ मंगलबार
साउदी लिगमा रोनाल्डोको किर्तिमान
जेठ १५, २०८१ मंगलबार
दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्दै उत्तर कोरिया
जेठ १५, २०८१ मंगलबार