सदस्यता टुंगाएर मात्र अधिवेशन गर्न प्रेस युनियनद्वारा पत्रकार महासंघको ध्यानाकर्षण
नेपालबहस संवाददाता
चैत २२, २०८० बिहिबार १६:३०:५४
२२ चैत, काठमाडौं । नेपाल प्रेस युनियनले सदस्यताको टुंगो लगाएर मात्र अधिवेशनको प्रक्रिया अघि बढाउन नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराएको छ । प्रेस युनियनले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई बिहीवार ध्यानाकर्षण पत्र बुझाउँदै सदस्यताको नामावली फाइनल गरेर मात्र जिल्ला, प्रतिष्ठान, एसोसिएट, प्रदेश र केन्द्रको अधिवेशनको कार्यतालिका अघि बढाउन आग्रह गरेको हो ।
नेपाल प्रेस युनियनका महासचिव दीलिप पौडेलद्वारा हस्ताक्षर गरी महासंघका अध्यक्ष पोखरेललाई बुझाएको ध्यानाकर्षण पत्रमा पत्रकार महासंघले अघि बढाएको सदस्यता शुद्धीकरण अभियानमा युनियनको पूर्ण साथ र सहयोग रहेको बताउँदै पत्रकार महासंघको विधानलाई पनि स्मरण गराएको छ ।
मिति २०८० चैत १७ गते सुनसरी जिल्लाको इटहरीमा सम्पन्न नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठकले सदस्यता र मतदाता नामावलीको टुंगो लगाएर मात्र सबै तहका अधिवेशन गर्न आग्रह गर्ने निर्णय गरेको थियो । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको विधान २०६० (पाचौं संशोधन २०७५) को धारा ५ को उपधारा ८ मा भएको सदस्यता प्राप्त गर्ने कार्यविधि अनुसार ‘नयाँ सदस्यता स्वीकृत, अनुमोदन र स्थानान्तरण गर्ने कार्य गर्न समेत स्मरण गराउन गराएको हो ।
महासंघले सबै तहका अधिवेशनको मिति तय गर्दा विधानमा भएको व्यवस्थालाई ध्यान नदिएको युनियनले जनाएको छ । पत्रकार महसंघको सदस्यता टुंगो नलगाई अधिवेशनहरू गरेमा उत्पन्न परिस्थितिको जवाफदेही नेपाल पत्रकार महासंघ नै हुने समेत चेतावनी दिएको छ ।
पत्र बुझ्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले युनियनले उठाएको विषयमा आफू गम्भीर रहेको बताए । पोखरेलले पत्रकार पेशागत सम्बद्ध संस्थाहरुसँग छलफल गरेर अघि बढ्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
न्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार