चालु खातामा १ खर्ब ६७ अर्ब बचत, ३ खर्ब नाघ्यो शोधनान्तर
नेपालबहस संवाददाता
चैत २२, २०८० बिहिबार १७:४०:५३
२२ चैत, काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोडले बचतमा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोडले घाटामा रहेको थियो । फागुनमा रेमिट्यान्स बढेर १ खर्ब २२ अर्ब पुग्दा चालु खाता सँगै शोधनान्तर बचत पनि उल्लेख्य बढेको छ ।
आर्थिक वर्षको ८ महिनामा शोधनान्तर बचत ३ खर्ब नाघेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको फागुनसम्मको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर बचत ३ खर्ब २७ अर्ब ५५ करोड पुगेको छ । गत आवको सोही अवधिमा १ खर्ब ४२ अर्बले बचतमा रहेको शोधनान्तर बचत चालु आवको सुरुवातदेखि नै उल्लेख्य रुपमा बढेको छ ।
यस्तै आर्थिक वर्षको ८ महिनाको अवधिमा पूँजीगत ट्रान्सफर ३०.२ प्रतिशतले कमी आई ३ अर्ब ८९ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ६३ करोडले धनात्मक रहेको प्रतिवेदनमा उल्लेख छ । गत आवको ८ महिनामा प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोडले धनात्मक रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
बजेट स्वागतयोग्य : अध्यक्ष ढकाल
जेठ १५, २०८१ मंगलबार
अबण्डा बजेट करिब ७६ अर्ब
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
यस्ता छन् बजेटमा नयाँ नारा र कार्यक्रम
जेठ १५, २०८१ मंगलबार
बढेन कर्मचारीको तलब
जेठ १५, २०८१ मंगलबार