सशस्त्रको भण्डारणमा कसरी भयो आगलागी ?
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १२:३१:५०
२८ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारणमा आगलागी भएको विषयमा दुई वटा छानबिन समिति बनेका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका, बलम्बु स्थित सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारमा सोमबार साँझ लागेको आगलागीको छानबिन गर्न गृह मन्त्रालय र सशस्त्र प्रहरी बल दुवैले बेग्ला बेग्लै समिति बनाएका छन् । तर यी दुवै समितिको काम भने एउटै रहेको छ–सशस्त्र प्रहरीको भण्डारण शाखामा कसरी आगलागी भयाे ? त्यहाँ के के सामान थियो भन्ने चाहि चासोको अर्को विषय बनेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोमबार नै सशस्त्र मुख्यालयका कार्य विभाग प्रमुख एआईजी वंशीराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरे पनि त्यसको २४ घण्टा नबित्दै गृहमन्त्री रवि लामिछानेले मन्त्री स्तरीय निर्णय गर्दै बेग्लै समिति बनाए ।
उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका हुन् । समितिमा सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिवस्तरका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव सागरमणि पाठक र वरिष्ठ कम्प्युटर इन्जिनियर सुष्मा श्रेष्ठ छन् । यता एआईजी दाहालको संयोजकत्वमा बनेको समितिमा पनि आन्तरिक रुपमा काम गर्ने सशस्त्र प्रहरी कर्मचारीहरू रहेका छन् । मंगलबार एआईजी दाहाल काठमाडौं बाहिर भएकाले त्यसको जिम्मेवारी बिहीबारबाट मात्रै शुरु हुने बताइएको छ ।
यसपल्ट सशस्त्र प्रहरीको भण्डारमा आगलागी कसरी भयो भन्ने बारेमा आन्तरिक रुपमै खुल्दुली भएको छ । सशस्त्र प्रहरी मुख्यालयले आन्तरिक मातहतका लागि आवश्यक सामान राखेको स्थानमा भएको आगलागीलाई आन्तरिक रुपमा पनि त्यसलाई शंकाको दृष्टिले हेर्न थालिएको छ । सतुंगलमा रहेको गोदाम सशस्त्रको अस्थायी भण्डारण हो । त्यो भण्डारण हेर्ने जिम्मेवारी एसपी राजेन्द्र श्रेष्ठको थियो । उनकै मातहतका कर्मचारीले त्यसलाई रेखदेख गर्नेछन् । बाहिर पठाउनका लागि ल्याइएका सामग्रीहरू उक्त गोदाममा राख्ने गरिन्थ्यो । गोदाममा प्रहरीका बुट, टेन्ट, कपडा लगायतका सामग्रीहरू राखिएका थिए ।
कागजपत्र भने राखिएका थिएनन्, कागजपत्र सबै मुख्यालयमा राखिएका थिए । विडम्बना ती सामग्री गत मंसिरदेखि वितरण नगरेर थन्काइएको थियो । मातहत निकायमा व्याङक्वेट अभाव थियो, चुस्ता सामाग्री अभाव थियो साथै भीड नियन्त्रणका सामाग्रीमा पनि अभाव थियो तर पठाइएको थिएन । सशस्त्र प्रहरी बल स्रोतका अनुसार त्यहाँ जाने बाटो पनि साँघुरो छ भने त्यसलाई छुट्टै भवनका रुपमा हेरिएको थियो ।
‘भण्डार, वितरणको जिम्मा अहिले पनि त्यही शाखा र लेखाको हो, उनीहरुले मातहतका निकायलाई सामान पठाउनु पर्यो भने अहिले पनि आफ्नै खल्तीको हालेर दिनु परेको जस्तै गर्छन्’, एक प्रहरी अधिकारीले भने । आगलागी भएपछि मात्र त्यहाँ यति सामान थियो भनेर हिसाब देखाउने गरेका छन् ।’ फौजका महत्त्वपूर्ण सामग्रीहरू राखिएको गोदामको वरपरको दृश्य कैद गर्नका लागि अहिलेसम्म कतै सीसी क्यामेरा समेत जडान गरिएको थिएन । भण्डारणमा को गयो, के सामान निकालेर लिएर गयो, केही थाह नहुने गरी सामान राखिएको देखिएको थियो । यो विषयमा सशस्त्र मुख्यालयले पनि अहिलेसम्म ध्यान दिन सकेको थिएन । त्यहाँ कति परिणामको सामान थियो भन्ने पनि एकिन भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
युनाइटेड एयरलाइन्सको विमानमा आगलागी
जेठ १५, २०८१ मंगलबार
सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको टीओआरमा सहमति
जेठ १५, २०८१ मंगलबार
राज्यसंयन्त्र र नेताहरूको यस्तो व्यवहारमा समाजवादको कल्पना गर्न सकिएला ?
जेठ १५, २०८१ मंगलबार
बैतडीमा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै
जेठ १५, २०८१ मंगलबार
करेन्ट लागेर एक जनाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार