माधव आचार्यले आजदेखि सम्हाले गरिमा विकास बैंकको सीईओको जिम्मेवारी
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार ११:२५:७
२ वैशाख, काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा माधव प्रसाद उपाध्याय आचार्यले आजदेखि गरिमा विकास बैंकको सीईओको जिम्मेवारी सम्हालेका छन् । सञ्चालक समितिको ३०४ औं बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गर्ने निर्णय गरेको थियाे ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नु पूर्व करिब डेढ दशक अध्यापन प्राध्यापन पेशामा संलग्न थिए ।
बैंकमा विगत १५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल चैत मसान्तमा समाप्त भएपछि नयाँ नियुक्त गरिएको हो । साेही बैठकले ढकालको बिदाइ गरेकाे छ ।
साथै, सोही बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत् ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरूलाई ब्याग वितरण
बैशाख ३१, २०८१ सोमबार
मुक्तिनाथ विकास बैंकद्वारा धादिङका विद्यार्थीहरूलाई स्टेशनरी सामान वितरण
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार