तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
बैशाख ३, २०८१ सोमबार १०:४५:२
आज मिति २०८१ साल बैसाख ३ गते सोमवार तदअनुसार अप्रिल १५ तारिख, नेपाल संवत ११४४ ९चिल्लागा० उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको सत्तमी तिथी पुनर्वसु नक्षत्र, सुकर्मा योग । चन्द्र राशि मिथुन । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३९ देखि १२:३० सम्म,
काठमाण्डौंमा सुर्योदय: बिहान ०५:४०
सुर्यास्त: बेलुका ०६:२९ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि सम्बन्ध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नु होला ।
शुभ रंग:रातो
शुभ अंक : ८
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रंग : सुन्तला
शुभ अंक : ७
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज समय मध्यम छ । पारिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रंग : चाँदी
शुभ अंक : ७
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समय राम्रो छ । मिहिनेतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथीभाइबाट सहयोग मिल्न सक्छ । स्वास्थ्य सुधार हुने छ ।
शुभ रंग : नीलो
शुभ अंक : ३
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा सम्बन्ध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।
शुभ रंग; रातो
शुभ अंक: ३
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज समय ठिकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नु होला ।
शुभ रंग : रातो
शुभ अंक : ७
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्। आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा सम्बन्ध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।
शुभ रंग: हरियो
शुभ अंक; २
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नती प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ । समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रंग : हरियो
शुभ अंक : ४
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज समय ठिकै छ । शरीरमा आलस्यता आउन सक्छ । सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्दी नगर्नुहोला ।
शुभ रंग : पहेलो
शुभ अंक : ७
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रंग : खैरो
शुभ अंक : १
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं : कालो
शुभ अंक : ३
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशी मिल्नसक्ने समय छ ।
शुभ रंग : नीलो
शुभ अंक: ५
राशीफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशीफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशीफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख १, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार