वैशाख ६ र ७ गते बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार ११:२०:४५
♦ विशाल बस्नेत
३ वैशाख, महोत्तरी । नेपाल राष्ट्रिय भिटामिन ए कार्यक्रम हरेक वर्षको ६ र ७ वैशाखमा संचालन हुँदै आएको छ । सोही अनुसार महोत्तरीमा यसको व्यापक तयारी गरिएको छ ।
जिल्लाका १५ वटै स्थानीय तहहरूमा ६ महिना देखि ५९ महिनासम्मका बालबालिकाहरूलाई निर्धारित मितिमा भिटामिन ए क्याप्सुल जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसको लागी जिल्लाभर स्वास्थ्यकर्मीहरूलाई तयार बनाई सकिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी कि फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन ।
शरीरलाई स्वस्थ-तन्दुरुस्त राख्न र उचित विकास गर्न महत्त्वपूर्ण मानिएको भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि समेत खुवाइने जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक पत्रकार सम्मेलनका बीच कार्यतालिका नै सार्वजनिक गरेको छ ।
जिल्लाको कुल जनसंख्या मध्ये ५० हजार भन्दा बढी उक्त उमेर समूहका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ भने जुकाको औषधि १ देखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइनेछ ।
बालबच्चामा भिटामिन ‘ए’ को कमी भएमा अन्धोपन र छालामा हुने समस्याका साथै उनीहरुको उमेर अनुसार हुनुपर्ने शारीरिक तथा मानसिक विकासमा कमी आउने भएकाले यो खुवाउन महत्त्वपूर्ण रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
स्वास्थ्यकर्मी तथा फोकल पर्सन सिंहका अनुसार भिटामिन ए कै कमिको कारण दाँत र हड्डीको पर्याप्त विकास हुन पाउँदैन भने ५ वर्ष मुनिका बालबच्चाको मृत्यु दर अरु बच्चाको तुलनामा ४ गुणा उच्च हुने गर्दछ ।
नेपालमा सन् १९९३ पूर्व ५ वर्ष मुनिका बालबच्चाको मृत्यु दर उच्च थियो जसको एउटा कारण भिटामिन ‘ए’ को कमी पनि भएको एक अध्ययनले देखाएको छ । १९९३ देखि सरकारले भिटामिन ‘ए’ क्याप्सुल खुवाउने अभियान सुरु गरेपछि ५ वर्ष मुनिका बालबच्चाको मृत्यु दर क्रमशः घट्दै गएको तथ्यांकले देखाएको छ ।
महोत्तरीमा आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन र सम्बन्धित पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न स्वास्थ्यकर्मीहरूले अनुरोध गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाशकुट सामाजिक अभियानको आँखा शिविरबाट तीन सय लाभान्वित
जेठ २०, २०८१ आइतबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
नेपालमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दै
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
मापसे गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक
जेठ २०, २०८१ आइतबार
गर्मी छल्न सुकुटे, र्याफ्टिङले पर्यटक आकर्षित
जेठ २०, २०८१ आइतबार
राष्ट्रियसभामा अध्यादेश सर्वसहमतिले स्वीकृत
जेठ २०, २०८१ आइतबार
अर्थमन्त्रीले बजेट ल्याउने क्रममा सत्तारुढ दलसँग छलफल नगरेको पौडेलको आरोप
जेठ २०, २०८१ आइतबार
अन्नपूर्ण आरोहण दिवस : मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम
जेठ २०, २०८१ आइतबार