कुनै विधि काम नलाग्ने भएपछि पदबाट राजीनामा दिने मनस्थितिमा गृहमन्त्री लामिछाने
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार १३:५९:३२
४ वैशाख, काठमाडौं । सरकारी ठगीको सञ्जालबाट आफूले गरेका कुकृत्यको बचाउ गर्न कुनै पनि ढाकछोपका विधिले काम गर्न नसक्ने अवस्था आएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पदबाट राजीनामा दिने मनस्थितिमा पुगेका छन् । उनले चाँडै राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतले नेपालबहसलाई जानकारी दिएको छ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीले बाहिर दोषी हो भन्दै गृहमन्त्री भएकै कारण लामिछानेलाई प्रतिवादी बनाउन नसकिएको भन्ने आसयसहितकाे प्रतिवेदन बुझाएपछि थप समस्या उत्पन्न भएकाे रविको बुझाई छ । गृहमन्त्री बनाउने र अहिलेसम्म बचाउँदै आएका सत्ता पक्षका दल नेकपा एमाले र माओवादीले पनि अब झुटको खेती गरेर रविलाई बचाउन नसकिने मनस्थिति बनाएका छन् । यसलाई मध्यनजर गरेर गृहमन्त्री लामिछानेले राजीनामाको मनस्थिति बनाएको स्रोत बताउँछ ।
सत्तारुढ दल नेकपा एमालेले पनि गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा एकपछि अर्को गर्दै क्रमबद्ध रुपले मुछिनु दुःखद भएको भन्न थालेको छ । सहकारीमा धेरै नागरिक ठगिएको भन्दै पीडितलाई न्याय र ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागले एमाले पनि रविलाई बचाउने विषयमा स्खलित हुने देखिएको छ । एमालेबाट साथ नपाए प्रधानमन्त्री प्रचण्डले मात्र रविलाई बचाउन सक्ने अवस्था देखिएको छैन ।
प्रहरीको प्रतिवेदनपछि नेपाली कांग्रेसले आफ्नो मागलाई थप कडा बनाउने निश्चित छ । संसदीय छानविन समितिको मागमा रहेको कांग्रेस अब राजीनामाको मागमा उक्लिसकेको छ । देशभरका सहकारी पीडितको पक्षमा कांग्रेसले वकालत गरिरहेको छ । सरकारीका पीडितले समेत रवि लामिछानेलाई बचाउनेतिर नलाग्न माओवादी र एमालेलाई चेतावनी दिइसकेका छन् । मंगलबार बुटवलमा पीडितले एमाले र माओवादीलाई चेतावनी नै दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसअघि गृहमन्त्री रविका विषयमा बोलेका झूट कुराले आफै हैरान भएका छन् । सहकारी ठगीमा रवि लामिछाने निर्दोष भएको जवाफ दिएका प्रधानमन्त्री प्रचण्डलाई यो कुरा अहिले भारी हुँदै गएको छ । प्रचण्डले अब माफी माग्नुपर्ने आवाज सडकबाटै उठ्न थालेको छ । यसरी वातावरण विग्रदै गएपछि रविले गृहमन्त्री पदबाट राजीनामा दिने मनस्थिति बनाएको ती नेताले बताए । उनले एक दुई दिनमै राजीनामा आउने जस्तो आफूले बुझेको बताए ।
रविको प्रकरणले अहिले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई पनि अप्ठ्यारो पर्ने देखिएको छ । उनले पनि रविको राम्रै बचाउ गरेका थिए । संगठनले रवि दोषी भनिसकेकाले उनी पनि समस्यामा पर्ने देखिएका छन् । प्रहरीको अनुसन्धान प्रतिवेदनले लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि गरिसकेको छ । यस्तो अवस्थामा पनि प्रतिवादी नबनाइनु मजाकको विषय मात्र नभएर प्रहरी प्रशासनमाथि गम्भीर दाग लाग्ने देखिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा गृहमन्त्री लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा २ करोड रुपैयाँ रकम लिएको उल्लेख छ । सार्वजनिक पदमा रहेका व्यक्तिका सवालमा उठेका प्रश्नको जवाफ दिने पहिलो काम स्वयंको भएको भन्दै एमाले पनि अहिले आएर रविको विषयमा पन्छिन खोजेको छ । साथ दिने सबै विपक्षी बन्ने अवस्था आएपछि रविले राजीनामा दिने तयारी गरेको स्रोतको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार