दुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार १६:४१:१९
४ वैशाख, कालीकोट । कालीकोट जिल्लाको दुर्गम गाउँ नरहरिनाथ गाउँपालिका–७ उच्छवमा पहिलो पटक स्वास्थ्य शिविर सम्पन्न भएको छ । उच्छव गाउँमा अहिलेसम्म कुनै शिविर सञ्चालन नभएकामा सोमबार गाउँपालिकाको आयोजनामा पहिलो पटक स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
उच्छव गाउँमा पहिलो एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरेर विभिन्न बिरामीको स्वास्थ्य जाँच गरिएको छ । गाउँमा पहिलो पटक स्वास्थ्य शिविरको आयोजना भएको भन्दै यस्ता शिविरमार्फत वृद्धवृद्धाले सेवा लिन सहज हुने नरहरिनाथ–७ का ७५ वर्षीया रामबहादुर बोहोराले बताए । समयसमयमा स्थानीय सरकारले यस्ता शिविर आयोजना गर्नुपर्नेमा उनले जोड दिए ।
“मैले पहिलो पटक गाउँमा नै स्वास्थ्यकर्मी आएर शिविर चलाएको देखेँ”, बोहोराले भने, “अहिलेसम्म गाउँमा स्वास्थ्य शिविर सञ्चालन भएको थिएन ।”
गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाले आयोजना गरेको शिविरमा अल्ट्रा साउण्ड, आँखाको परीक्षण, गर्भवती जाँच, प्रयोगशाला सेवा बहिरङ्ग सेवालगायत स्वास्थ्य परीक्षण गरिएको शाखा प्रमुख मानबहादुर सहकारीले बताए । उनका अनुसार शिविरमार्फत तीन सय ४२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
“शिविरमा आँखाको परीक्षणअन्तर्गत ६० जनाले सेवा लिएकामध्ये मोतियाबिन्दु तीन, एलर्जी ११ र बाँकीमा सामान्य समस्या देखियो”, प्रमुख सहकारीले भने, “गर्भवती स्वास्थ्य परीक्षण १० जनाले गरेका छन् ।” उहाँका अनुसार खकार जाँच ५४, एचआइभी जाँच तीन, हेपाटाइटिस बि १२, युपिटी एक र भिडिआरयल १२ जनाले परीक्षण गरेका छन् ।
बहिरङ्ग सेवाअन्तर्गत सामान्य जाँच एक सय ९० जनाले गरेका सहकारीले बताए । उनका अनुसार हाइपरटेन्सन पाँच जनामा देखिएको थियो । उहाँले भने, “स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको बस्तीमा पहिलो पटक स्वास्थ्य शिविरको आयोजना गरेका हौँ ।”
नागरिकको स्वास्थ्य सेवा र पहुँच विस्तारलाई पहिलो प्राथमिकतामा राखेर पहिलोपटक उच्छव गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए । “हामी नागरिकको स्वास्थ्य अवस्थाका विषयमा चिन्तित छौँ”, उनले भने, “त्यसैले दुर्गम गाउँमा आएर शिविर सञ्चालन गरेका हौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
हुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार