प्रधानाध्यापक र शिक्षकबीचको विवादले पठनपाठनमा असर
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार १२:२१:१५
♦ विशाल बस्नेत
५ वैसाख, महोत्तरी । बल्वा नगरपालिकाको एक विद्यालयमा प्रधानाध्यापक र शिक्षकबीचको विवादले पठनपाठनमा असर परेको छ ।
वडा नं. ६ स्थित योग कुमार माध्यामिक विद्यालयका प्रधानाध्यापक निरिपेन्द्र कर्ण र केही शिक्षकबीचको आन्तरिक कलहले पठनपाठनमा गम्भीर असर परेको अभिभावकहरूले गुनासो गरेका छन ।
सोही विद्यालयमा अध्यापन गराउने शिक्षक सोभालाल यादवका अनुसार प्रधानाध्यापक कर्ण शृंखलावद्ध अनियमिततामा सहभागी भएपछि शिक्षकहरूबीच दुरी बढेको हो ।
उक्त विद्यालयमा अहिलेसम्म व्यवस्थापन समिति बन्न सकेको छैन । व्यवस्थापन समिति नभएको मौका छोपेर प्रधानध्यापकले आफुखुसी विद्यालयको सम्पत्ति नै हिनामिना गरेको शिक्षकहरूको आरोप छ ।
विद्यार्थीहरूसँग टाई र परिचयपत्रका नाममा आफूखुसी पैसा उठाएर अपचलन गरेको आरोप आइरहेको वेला विद्यालयको गोदाममा राखेको काठहरू समेत लिलाम गरेर प्रधानाध्यापक कर्णले भ्रष्टाचार गरेको शिक्षकहरूले आरोप लगाएका छन ।
काठहरू वेचेको न्यून पैसा मात्र खातामा देखाएको र लाखौं रुपैया अनियमितता गरेको अर्का शिक्षक जीवन श्रेष्ठले बताए । काठको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासमा शिक्षक सोभालाल आफैले उजुरी हालेका थिए । यहीबाट सुरु भएको विवाद अहिले विद्यार्थीहरूको पठनपाठनमा समेत देखिएको छ । तर प्रधानाध्यापक कर्णले भने शिक्षकहरूले आरोप लगाएर जस्तो नभएको जिकिर गरेका छन । सोभालाल यादव नियमित कक्षामा नआउने र विद्यालयको समयावधि पहिले नै निस्कने कारणले कारवाही गरेको हुँदा बदला लिने उद्देश्यले अफबाह फैलाइरहेको उनको भनाई छ ।
तर शिक्षक यादवले एसईईको समयमा विद्यालयबाट विना कारण १८४ जना विद्यार्थीहरूसँग जनही ३ सयका दरले अवैधानिकरुपमा पैसा उठाएको समेत आरोप लगाएका छन । विल विना पैसा उठाएर उक्त पैसा लेखा शाखामा नबुझाएको कर्णमाथि आरोप लागेको छ । यो आरोप यसलाई स्थानीय अभिभावकले समेत ऐक्यबद्धता जनाएका छन ।
अभिभावक कुशेस्वर महतोले शिक्षक सोभालालले भनेको बिषयहरुमा सत्यता नै भएको दावी गरेका छन । 'हामीले कक्षा-१० को विद्यार्थीहरूलाई ३ सय मागेपछि घरबाट पठाएका थियौ । त्यो कता खर्च भयो वा केको लागि लिएको थियो अझै खुल्न सकेको छैन ।' अभिभावक महतोले भने । 'यसको विषयमा छानबिन हुनुपर्छ अहिलेसम्म लेखा शाखामा यो पैसा जम्मा भएको पाइएको छैन ।'
काठ लिलाम गरेको झन्डै ५५ हजार मात्र खातामा देखाएको र १८४ जना विद्यार्थीहरूसँग ३ सयका दरले उठाएको पैसा लेखा शाखामा दाखिला नभएको लेखापाल संजिव यादवले बताए ।
'मैले पनि प्रधानाध्यापक कर्णले पैसा उठाएको भन्ने थाहा पाएको हौ तर उक्त पैसाको विषयमा लेखा शाखा अनविज्ञ छ ।' लेखापाल यादवले भने । 'खै अव सम्बन्धित निकायले यसको छानबिन गर्ला नी सरहरू सबन्धित निकायसम्म पुग्नु भएको छ क्यार ।'
यता नगर शिक्षा शाखाका शाखा अधिकृत रामविनय यादवले भने विद्यालयमा प्रधानाध्यापक कर्ण भन्दा पनि शिक्षक दोषी भएको बताए । उनले विद्यालयको विषयमा पटक(पटक छलफल भएको तर शिक्षकहरूले मनोमानी गर्न नपाउँदा प्रधानध्यापकमाथी रिस पोखिरहेको बताउँदै शिक्षक सोभालाललाई सजायस्वरूप एक महिनाको १० हजार तलब समेत काटेको बताएका छन ।
शिक्षक सोभालाल विद्यालयमा महिनामा धेरै दिन उपस्थित नै नभएपछी शिक्षा शाखा र प्रधानध्यापकविच भएको छलफलमा नै चेतावनीस्वरूप कारवाही गरेको प्रमुख यादवको भनाई छ ।
तर शिक्षक यादवले भने यसलाई अस्विकार गरेका छन् । संचित विदाको अभिलेख नै गायब बनाएर झुटो आरोप लगाएको उनको भनाई छ । यादवले अभिलेख देखाएर यसको पुष्टि गर्न चुनौती समेत दिएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार