हेमजामा सञ्चालन भएको आलु महोत्सव सकियो
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार १३:०:५५
६ वैशाख, कास्की । आलु गाउँका रूपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा सञ्चालन भएको आलु महोत्सव सकिएको छ ।
गत चैत २५ गतेदेखि सुरु भएको आलु महोत्सव बुधबारसम्म रु ३० लाख ६५ हजार सात सय २० को आलु बिक्री गर्दै सम्पन्न भएको । महोत्सवस्थलबाट कुल ७६ हजार छ सय ४३ किलो आलु बिक्री भएको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए ।
महोत्सवस्थलमा आलु बिक्रीका लागि पहाड निर्माण गरिएको थियो । प्रतिकिलो रु ४० का दरले आलु बिक्री गरिएको थियो । कुल तीन हजार चार सय ४५ घरपरिवारले आलु खरिद गरी लगेको तिमिल्सिनाले बताए ।
कास्की, गोरखा, म्याग्दी, मुस्ताङ, स्याङ्जा, चितवन, बुटबल, बागलुङ, तनहुँलगायत काठमाडौँबाट समेत मानिसहरू आलु खरिद गर्न आएको बताइन्छ । प्रतिघरपरिवारले न्यूनतम पाँच किलोदेखि अधिकतम तीन सय किलो आलु खरिद गरेका हुन् । हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वस्थकर मानिने भएकाले उपभोक्ताको आकर्षण बढ्ने गर्दछ ।
यसैगरी महोत्सवभर आलुलगायत अन्य सामग्रीसमेत गरी रु तीन करोड ७० लाखको कारोबार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए । महोत्सव समापनका अवसरमा अग्रज कृषकलाई सम्मान गरिएको छ । आलुको प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बानियाँ, हरिमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सिनालाई नगदसहित सम्मान गरिएको हो ।
महोत्सवको आकर्षणका रूपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटविरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनीलगायत रहेका थिए ।
‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव गरिएको हो । कास्कीमा एक हजार दुई सय ५३ हेक्टर जमिनमा आलुखेती गरिन्छ । त्यसबाट वार्षिक २१ हजार पाँच सय १० टन उत्पादन हुँदा हेमजामा पाँच सय हेक्टर क्षेत्रफल जनिमा आलुखेती गर्ने गरिएकामा पाँच हजार टन उत्पादन हुने गरेको छ ।
हेमजामा एमएस २२, जनकदेव, खुमलटार रातोलगायतका आलुखेती गरिन्छ । यहाँका पाँच सय ४० घरपरिवार किसान व्यावसायिक रूपमा आलुखेतीमा आबद्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु
जेठ ४, २०८१ शुक्रबार
जेठमा ‘हेटौंडा कला महोत्सव’ आयोजना हुने
बैशाख २५, २०८१ मंगलबार
गोरखामा सवा लाख रोट महोत्सव हुने
बैशाख २५, २०८१ मंगलबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार