शमी साहित्य साधना सम्मान घोषणा
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार १३:२५:६
वैशाख ७, काठमाडौँ । शमी साहित्य प्रतिष्ठानले ‘शमी साहित्य साधना सम्मान’ बाट विभिन्न साधकलाई प्रत्येक वर्ष रु एक लाख एक हजार एक सय एक राशिको पुरस्कारसहित सम्मान प्रदान गर्दै आएको छ । प्रतिष्ठानले तीन वर्षदेखि विभिन्न साधकलाई उक्त पुरस्कार प्रदान गर्दै आएको हो ।
प्रतिष्ठानले संयुक्तरुपमा २०७८ का लागि कृष्ण गौतम र राप्रउ पोखरेल, २०७९ का लागि ज्ञान उदास र रामबाबु घिमिरे तथा २०८० का लागि प्रेमविनोद नन्दन र कृष्णप्रसाद दाहाललाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षता र संरक्षक डोलिन्द्रप्रसाद शर्माको उपस्थितिमा सम्पन्न बैठकले सिफारिस समितिको सिफारिसका आधारमा प्रतिभा चयन गरेको जनाएको छ ।
प्रतिष्ठानले विसं २०६७ देखि वरिष्ठ र ओझेलमा परेका साधकलाई उक्त सम्मान दिँदै आएकामा प्राविधिक कारण गत वर्षमा वितरण हुन नसकेको जनाएको छ । तीनै वर्षका लागि साधक सिफारिस गर्न प्रा डा कृष्णहरि बरालको संयोजकत्वमा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ र डा नवराज लम्साल रहेको चयन समिति गठन गरिएको थियो ।
प्रतिष्ठानले कक्षा १२ मा लैङ्गिक समता विषयमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई रु २० हजार राशिको समता लैङ्गिक अध्ययन पुरस्कार पनि प्रदान गर्दै आएको छ । पछिल्ला तीन वर्षका लागि क्रमशः आशा अधिकारी, मनिता गुरुङ र राजु जिसीलाई सो पुरस्कार प्रदान गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको वार्षिक नजिताअनुसार उहाँहरुलाई पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरू
जेठ ११, २०८१ शुक्रबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार