फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार १५:५:४०
७ वैशाख, काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै औपचारीक घोषणा गरिएको हो ।
सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको यस फिल्मलाई विं।सं। २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य सहित निर्माण टिमले सार्वजनिक गरेको मोसन पोस्टरमा मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझन सकिन्छ ।
सार्वजनिक मोसन पोस्टरमा सारङ्गीको मिठो धुन अनि पहाडको बाटो । अगाडि बुढो रुख नजिकै देखिन्छन्, एक व्यक्ति । जसले काँधमा झुण्ड्याएका छन् सारङ्गी, र बच्चा बोकेका छन्, काँधमा । बच्चाले सोध्छ, तिमी मलाई सधैँ किन काँधमा बोकेर हिड्छौ रु हाँस्दै बाउले जवाफ दिन्छ( म भन्दा ठूलो मान्छे होलास्, मैलेभन्दा परसम्म देख्लास् भनेर । यतिभन्दा ऊ भक्कानिसकेको हुन्छ । गला अबरुद्ध हुन्छ । थप बोल्न सक्दैन ।
स्वभाविक पनि हो, उसलाई हेर्दा ऊ गाउँघरमा सारङ्गी रेटेर आफ्नो घरपरिवार चलाइरहेको अनुमान लगाउन सकिन्छ । ऊ जहाँ जान्छ, बच्चालाई यसैगरी सँगै लिएर हिँड्ने गरेको बुझ्न सकिन्छ । गाउँ छोडेर सहरसम्मको पँखेटा लगाउने उसमा चाह भए पनि परिवन्धमा परेर घर छोड्न नसकेको अनुमान लगाउन सकिन्छ । उसको परिवारमा बाउ र छोरा मात्रै रहेको अनुमान लगाउन सकिन्छ ।
हुन पनि हो, यो संसारमा मान्छे एउटा त्यस्तो प्राणी हो जसले एउटा व्यक्तिको मात्रै इर्ष्या गर्दैन । त्यो हो सन्तान र उसको प्रगति । आफ्नै दाजुभाइको समेत इर्ष्या गर्ने मान्छेलाई आफ्नो सन्तानले भने आफूलाई पनि उछिनेर अगाडि बढेको हेर्ने चाह हुने गरेको बताइन्छ । त्यही तथ्यलाई यो संवादले संकेत गरेको छ ।
संवादपछि सन्तानको खुसीका लागि आफूले सकेजति घाम र हुरी पनि छेकिदिने र शरीरमा एकमुठ्ठी सास रहेसम्म सन्तानलाई काँधमा बोकेर हिँडिरहने माया दशाइरहेका बेला फिल्म ‘सारङ्गी’को मोसम पोस्टरको क्रेडिट लाइन सुरु हुन्छ । फिल्मले सारङ्गी बजाउँदै हिँड्ने गाइने समुदायको बाध्यता र सन्तानप्रतिको त्यागको कथा भन्ने मोसन पोस्टरमाफर्त् संकेत गरेको छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दै छन् । रमेश चौलागाई र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार