सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
हरेक संस्था, कर्मचारी र अन्य सबैलाई समय अनुसार मिलाएर सेवा दिने गरेकाले छुट पाउने आसले पनि धेरै ग्राहक उनकोमा झुम्मिने गर्छन
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार १७:२७:९
७ वैशाख, काठमाडौं । उनको उमेरका युवा देशमा केही छैन भनेर विदेश जान कागजात बोकेर दिनहुँ लाइनमा बस्छन् । प्रत्येक दिन औसतमा २ हजार नेपाली विदेशमा रोजगारी खोज्न गइरहेको तथ्यांक छ । सक्ने अमेरिका, अष्ट्रेलिया, क्यानडा जान्छन् । कम हैसियत भएकाहरूको मुख्य रोजाई बन्छ, खाडी मुलुक । रोजगारीका लागि विदेश जाने थोरैको राम्रो र धेरैको नराम्रो सुनिन्छ । विदेश जाने लहरले देशमा गर्न सकिने र विदेशमा भन्दा धेरै कमाउन सकिने काम र पेशा स्वदेशमा नगर्ने प्रचलन बढेको छ ।
विदेश जाने यो लहरका बीच केहीले भने देशभित्रै सानो लगानीबाट धेरैभन्दा धेरै कमाई गरिरहेका छन् । यसरी स्वदेशमै बसेर पनि राम्रो पैसा कमाउन सकिन्छ भन्ने मध्येका एक हुन, जीवन परियार । उनलाई पनि विदेश गएर पैसा कमाउने रहर र दवाव नआएको होइन । सामान्य परिवारका उनलाई झन परिवार पाल्नकै लागि विदेशिनु वा केही गर्नै पर्ने अवस्था थियो । तर, उनलाई विदेश जाँदा लाग्ने खर्च दलाललाई दिएर भौतारिनु भन्दा स्वदेशमै त्यो पैसा लगानी गर्ने इच्छा लाग्यो र सुरु गरे पुर्ख्यौली पेशा ।
अर्घाखाँची भूमिकास्थान ६ का जीवन परियार अहिले काठमाडौंको अनामनगरमा अर्घाखाँची टेलर चलाएर बसेका छन् । उनलाई चौविसै घण्टा फुर्सद छैन । १७ जनालाई रोजगारी दिएका छन । उनको अगाडि पट्टी टेलर र पछाडि कारखाना छ । उनको सीप र ग्राहकसँगको व्यवहारले गर्दा नाम चलेका टेलरमा कपडा सिलाउने बानी परेकाहरू अहिले खोज्दै उनको पसलमा आउन थालेका छन ।
नेपालबहससँगको कुराकानीमा जीवनले भने,‘सुरुमा निकै दुःख भयो । ग्राहक चिनेका थिएनन् । एक दिन हुन्छ भन्ने आँट गरेर काम सुरु गरे । अहिले राम्रै छ । कर्मचारी पालेर परिवार पाल्न सकेको छु ।’ उनी अहिले महिनामा डेढ लाख जति बचाउँछन् । कारखाना खोलेर काम थालेको धेरै भएको छैन । सुरुमा ग्राहक कम हुँदा केही निरास जस्तो बनाएको उनी सुनाउँछन् । अहिले भने अडर धेरै आउने गरेको छ । एकपटक उनको सिलाएका ग्राहकहरू नियमित भएका छन् ।
कारखानासमेत सुरु भएपछि सिंहदरबारभित्र पनि उनले पहुँच बढाएका छन् । सिंहदरबारभित्रका धेरै कर्मचारी उनका ग्राहक भएका छन् । पहिले एक दुई जना आएर कपडा सिलाएका थिए । पछि एक दुई गर्दै अरु थपिए । उनको पसलभन्दा केही अगाडि सिंहदरबार पर्छ । त्यहाँ नयाँ संसद भवन बनिरहेको छ । यहाँ संसद सुरु भएपछि त्यहाँ आउने सांसदका ड्रेस सिलाउने उनको धोको छ ।
विभिन्न संघसंस्थासँग पनि उनको सम्पर्क बढेको छ । यस्ता संघसंस्थाका लागि उनले अफर पनि दिएका छन् । कुनै संघसंस्थाले पाँच जनाभन्दा व्यक्तिको एकै डिजाइनमा कपडा सिलाउनु परे ७२ सयमा २ वटा पेन्ट, २ सर्ट र एक कोट पाउनेछन् । कर्मचारी र कानुन व्यवसायीहरूका लागि पनि उनले छुट्टै व्यवस्था गरेका छन् । यतिबेला ब्लेजर र ज्वारी कोट भारी छुटमा बिक्रीमा राखेका छन् ।
६ हजार पर्ने ब्लेजरको उनले ३ हजार मूल्य राखेका छन् । यस्तै ज्वारी कोट बनाउँदा कम्तीमा ४ हजार पर्छ भने उनले २ हजारमा दिएका छन् । यो निश्चित समयका लागि मात्र हो । यस्ता अफर उनले समय समयमा राखिरहेका हुन्छन् । निजामती कर्मचारीका लागि यतिबेला ४० प्रतिशत छुटमा कपडा सिलाउन पाइन्छ । जस्तै १२ बजार पर्ने सुट ७२ सयमा बन्छ । यसमा एउटा कोट, २ सर्ट र २ पेन्ट राखिएको छ ।
यी त उनले व्यवसाय सञ्चालनका लागि राख्दै आएका अफर हुन् । यसबाहेक नियमित ग्राहकका लागि उनको छुट्टै व्यवस्था छ । यसैले गर्दा अर्घाखाँची टेलरले चर्चा पनि पाएको हो । उनले विभिन्न संघसंस्थाबाट धेरै पटक पुरस्कार पनि पाइसकेका छन् । उनको काम र इमानदारीले नै उनलाई पुरस्कारको भागीदारी बनाएको हो । हातमा राम्रो सीप र मानिसलाई गर्ने व्यवहार आफ्नो मूल सम्पति भएको उनी बताउँछन् ।
विदेश जाने रहर त्यागेर पुर्ख्यौली पेशा अंगालेका जीवन अहिले विभिन्न श्रमसँग सम्बन्धित संघसंस्थाका लागि उदाहरण बनेका छन् । केही वर्षको मिहिनेतले उनलाई अरु युवाका लागि स्वदेशमै केही छ भन्ने सन्देश पनि दिएको छ । उनले सुरु गरेको व्यवसायबाट अरु १७ जनालाई परिवार पाल्न सहज बनाएको छ । अहिले सिलाई क्षेत्रमा ठूलै उद्यमी बन्ने चाहना बनाएका छन् जीवनले ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार