गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच कर्जा सहुलियत सम्झौता
नेपालबहस संवाददाता
बैशाख ८, २०८१ शनिबार ९:१८:२
८ वैशाख, काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी बीच सदस्य संस्थाहरूलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन् ।
याे सम्झौता अनुसार टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम रु ५० लाख सम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ र साथै रु ५ लाख सम्म को बैंक ग्यारेन्टी मात्र १०% को नगद मार्जिनमा उपलब्ध गराउनेछ ।
यी सेवाहरुले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ ,इच्छुक सदस्यहरूले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिनसक्नु हुनेछ ।
साथै, यस सम्झौता पश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसअघि बैंकले टानको केन्द्रीय संगठन सँग काठमाडाैंमा यसै किसिमको सम्झौता गरिसकेको छ ।
काठमाडाैंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ATM मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकद्वारा महोत्तरीका आगलागी पीडितलाई राहत सामाग्री वितरण
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
घुस रकमसहित कपिलवस्तु मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार