सलमान खानको बजरंगी भाइजान–२ निर्माण हुने
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार ११:४३:१५
१० बैशाख, मुम्बइ । अन्ततः सलमान खानको बजरंगी भाइजान–२ निर्माण हुने भएको छ । जसलाई लिएर पछिल्लो समय निर्माता केके राधामोहनले ‘बजरंगी भाइजान २’ को स्क्रिप्ट सकिएको पुष्टि गरेकी छन् ।
उनका अनुसार ‘बजरंगी भाइजान २’ र ‘राउडी राठौर’ दुबै सिनेमाको सिक्वेलका स्क्रिप्ट पनि पूरा भइसकेको छ ।
बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म ‘बजरंगी भाइजान’ को सिक्वेल बनाउने घोषणा यसअघि नै गरेका थिए ।
निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म ‘आरआरआर’ को मुम्बई प्रि–रिलिजमा पुगेका अभिनेता सलमानले ‘बजरंगी भाइजान २’ बनाउने घोषणा गरेका थिए । जसको स्क्रिप्ट तयार भएको निर्मात्री राधामोहनले गरेका हुन् ।
सलमान खानका अनुसार बजरंगी भाइजानको सिक्वेलको लेखन एसएस राजामौलीका पिता के भी विजयेन्द्रप्रसादले लेख्ने छन् । यो फिल्मको अघिल्लो संस्करण पनि विजयेन्द्रले नै लेखेका थिए । ‘बजरंगी भाइजान’का निर्देशक कवीर खान हुन् ।
अब यो फिल्म कहिले देखी सुटिङमा जान्छ भन्नेमा कुनै जानकारी दिइएको छैन । त्यसमाथि, आगामी मे देखी सलमान खान ‘सिकिन्दर’ को सुटिङमा व्यस्त हुने भएकाले यसपछि मात्रै सलमान बजरंगीको सिक्वेलमा काम गर्न सक्ने भारतीय मिडियाले जनाएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार