उच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १४:१२:४६
१२ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट सम्बन्धी कुनै पनि काम नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका विपक्षीहरूलाई बोर्डको सीईओ छनौट प्रक्रिया तत्काल अघि नबढाउन सोमबार अन्तरिम आदेश दिएको हो ।
पर्यटन बोर्डमा रिक्त सीईओ नियुक्तिका लागि छनोट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयनसमेत गैरकानुनी भएको र छनोट उपसमिति पनि अवैधानिक रहेको भन्दै उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
बोर्डको सीइओ छनौट प्रक्रिया गैरकानुनी भएको भन्दै बोर्डका ११ जना कर्मचारी उच्च अदालत पाटन पुगेका थिए । उनीहरुले बोर्डको कार्यकारी समितिका सदस्यहरू मिलन देवकोटा, मदनकुमार आचार्यको मनोनयन गैरकानुनी भएकाले उनीहरू सम्मिलित कार्यकारी छनौट उपसमितिसमेत अवैधानिक भएको जिकिर गरेका थिए । कमर्चारीहरुले बोर्डको कार्यकारी प्रमुख नियुक्ति सिफारिस सम्बन्धी कार्यविधि, २०८० र नेपाल पर्यटन बोर्ड ऐन २०५२ विपरीत सीईओ छनौट प्रक्रिया अघि बढाइएकाले खारेजीको माग राखेका थिए ।
अदालतले विपक्षीलाई छलफलमा बोलाएको छ । ‘उक्त छलफलबाट निर्णय नभएसम्म विपक्षीहरू मिलन देवकोटा र मदन कुमार आचार्य समेत रहेको कार्यकारी प्रमुख छनौटसम्बन्धी उपसमितिबाट उल्लिखित कार्यविधिका आधारमा बोर्डको कार्यकारी प्रमुख छनौट सम्बन्धी कुनै काम नगर्नु नगराउनू,’ अन्तरिम आदेशमा छ । छनोट उपसमितिले २० जना आवेदक मध्येबाट १६ जनाको नाम सर्ट लिस्टमा राखेर सोमबारदेखि उनीहरूसँग प्रस्तुतीकरण लिने काम गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिटमाथि प्रारम्भिक सुनुवाई बुधबार हुने
जेठ १४, २०८१ सोमबार
गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर
जेठ १४, २०८१ सोमबार
कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश
जेठ ११, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार