भोलिदेखि सुरु हुने कक्षा १२ को परीक्षामा झण्डै ५ लाख परीक्षार्थी, प्रश्नपत्र अनलाइनबाटै पठाइने
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार ९:५३:५९
१३ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले भोलि शुक्रबारदेखि सुरु हुने कक्षा १२ काे परीक्षाका लागि प्रश्नपत्र अनलाइनबाट पठाउने भएको छ । अनलाइनबाट पठाउँदा सुरक्षाका दृष्टिकोणले गत वर्षभन्दा सावधानी अपनाउने बोर्डले जनाएको छ । कोभिड पछि यसरी नै प्रश्नपत्र पठाइने गरेको छ ।
इमेलबाट प्रश्नपत्र पठाउँदा टाइम पासवर्डको व्यवस्था गरिएको बोर्डले जनाएको छ । केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र परीक्षामा खटिने केन्द्राध्यक्षको रोहबरमा मात्रै प्रश्नपत्र परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा पहिले प्रिन्ट गर्न निर्देशन दिइएको छ ।
कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुनेछन् । बोर्डका अनुसार नियमित तर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थीले परीक्षा दिनेछन् ।
परीक्षामा ३४ हजार १ सय ७१ जनशक्ति खटिँदै छन् भने १८ हजार ३ सय प्रहरी परिचालन हुने बोर्डले जनाएको छ । उत्तरपुस्तिका सहित परीक्षा सामग्री केन्द्रमा पुगिसकेको बोर्डले जनाएको छ ।
७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । गत वर्षभन्दा यसपालि १८ हजार परीक्षार्थी बढेकाले परीक्षा केन्द्र पनि अघिल्लो वर्षको तुलनामा थपिएको छ । सबैभन्दा बढी काठमाडौंमा १ सय ४४ र मनाङ-मुस्ताङमा १/१ वटा परीक्षा केन्द्र तोकिएको छ । काठमाडौंमा यस पटक स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार