कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १३:५०:२९
१३ वैशाख, कैलाली । कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै भजनी, लम्कीचुहा र बर्दबगोरियामा आगलागीबाट लाखौँको धनमाल तथा पशुचौपायामा क्षति भएको जनाइएको छ ।
लम्कीचुहा नगरपालिका–८ र १० मा गोठमा आगलागी हुँदा तीनवटा गोठ जलेर नष्ट भएका छन् भने केही पशुचौपाया पनि मरेका छन् । गप्काका उदय साउदका दुई वटा बाख्रा जलेर मरेका छन् भने दुई वटा गोरु घाइते भएका छन् । यस्तै पुरन भण्डारीको गोठ जलेर नष्ट भएको छ ।
चुहाका भूमिनन्द देवकोटाको एउटा भैँसी जलेर मरेको छ भने गोठमा राखेको अन्नपात जलेर नष्ट भएको छ । स्थानीयले गहुँको नल जलाउनका लागि खेतमा लगाएको आगो गोठमा सल्किएपछि ठूलो क्षति भएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।
यसैगरी भजनी नगरपालिकाको वडा नं ३ पिपलचोकका दीपक सापकोटाको खाली घर पनि जलेको छ । गहुँको नलमा लगाएको आगो घरमा सल्किएर एक घर जलेको स्थानीय खेमराज पाण्डेले जानकारी दिए । भजनी नगरपालिकाको चर्रामा पनि गहुँको नलमा आगलागी भएको इलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ ।
भजनी नगपालिका–३ मन्द्रीमा आगलागी हुँदा राष्ट्रिय माविको १६ बिघा जमिनमा लगाएको लिप्टिस बारी जलेको छ । आगो टीकापुर र घोडाघोडी नगरपालिकाको दमकलको सहायताले निभाइएको छ ।
त्यस्तै बर्दगोरिया गाउँपालिका–२ मा एक कच्ची गोठमा आगलागी भएको छ । आगलागीबाट गहुँ, धान, लुगा कपडामा जल्नुका साथै एक भैँसी मरेको छ भने एक राँगा र एक बाख्रा जलेर घाइते छन् । खेतमा लगाएको आगो एक्कासि फैलिएर आगलागी भएको बताइएको छ ।
आगलागी नियन्त्रणका लागि सबै पालिकासँग दमकल नभएकाले ठूलो क्षति बेहोर्नुपरिरहेका पालिकाले जनाएका छन् । भजनी नगरपालिकासँग आफ्नै दमकल छैन । भजनीमा आगलागीका घटना भएमा टीकापुर र घोडाघोडी नगरपालिकाबाट दमकलको सहायता लिने गरिएको विपद् सम्पर्क व्यक्ति विष्णु न्यौपानेले जानकारी दिए । “यी पालिकाबाट दमकल आउँदासम्म धेरै क्षति भइसक्छ”, उनले भने, “आगलागी नियन्त्रणका लागि केही सामग्री छन् । ती सामग्री पनि जनशक्ति अभावमा प्रयोगमा ल्याउन सकिएको छैन ।”
कैलालीको भजनी, जोशीपुर र जानकी गाउँपालिकासँग दमकल छैन । यी पालिकामा आगलागी भएमा टीकापुर नगरपालिकाको दमकल प्रयोगमा ल्याउने गरिएको छ । कहिलेकाहीँ एकैपटक धेरै ठाउँमा आगलागी भएमा समस्या हुने गरेको छ ।
“जहाँ पहिला आगलागी भयो त्यहाँ दमकल पठाइन्छ”, टीकापुरका विपद् शाखा प्रमुख निर्मला चौधरीले भने, “कहिलेकाहीँ दमकल अन्य पालिकामा गएका बेला हाम्रै पालिकामा आगलागी भइदिन्छ । यस्तो बेला भने समस्या हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन विभागले भन्यो, गलत सूचना दिएका निर्मल पुर्जामाथि छानबिन गर्दैछौं
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार