बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १४:५२:४७
१३ वैशाख, काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री तमन्ना भाटियालाई महाराष्ट्र साइबर सेलले समन पठाएको छ । महादेव अनलाइन गेमिङ र बेटिंग एपसँग सम्बन्धित फेयरप्ले एपको विषयमा सोधपुछका लागि समन पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्नालाई २९ अप्रिलमा उपस्थित हुन आग्रह गरेको छ । साइबर सेलका अनुसार यस मुद्दामा तमन्नाको बयान लिइनेछ । अभिनेत्रीलाई फेयरप्लेका लागि कसले सम्पर्क गर्यो र त्यसका लागि कति पैसा पाएको भनेर सोधिने बताइएको छ ।
यसअघि २३ अप्रिलमा अभिनेता सञ्जय दत्तलाई पनि यस प्रकरणमा बोलाइएको थियो । सञ्जय मुम्बईमा नभएका कारण प्रहरीमा उपस्थित नभएको भन्दै समय मागेको बताइएको छ ।
यसअघि सोही केसमा महाराष्ट्र साइबर सेलले गायक बादशाह, सञ्जय दत्त र ज्याकलिन फर्नान्डेजका प्रबन्धकहरूको बयान रेकर्ड गरेको थियो । यी तीन जना सेलिब्रेटीले फेयरप्ले एपको प्रचार गरेका थिए । महादेव एप अवैध लेनदेन र सट्टेबाजीको लागि विभिन्न अनुसन्धान एजेन्सीहरूको स्क्यानरमा छ।
फेब्रुअरी २०२३ मा, टाइगर श्राफ र नेहा कक्कडसहित बलिउडका धेरै सेलिब्रेटीहरू युएई शहर रस अल खैमाहमा आयोजित एक विलासी विवाहमा सहभागी भएका थिए । सो विवाहमा करिब २०० करोड भारू खर्च भएको र सम्पूर्ण भुक्तानी हवाला वा नगदमा गरिएको बताइएको छ ।
यो विवाहपछि सौरभ र उनको महादेव बेटिंग एप अनुसन्धान एजेन्सीको रडारमा आएका थिए । सोही विषयमा ईडीले रणवीर कपूर र कपिल शर्मा जस्ता सेलिब्रेटीहरूलाई पनि समन पठाएको थियो । यस मामिलामा अहिलेसम्म दर्जनौं बलिउड सेलिब्रेटीको नाम बाहिर आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटाइटानिक फेम अभिनेता बर्नार्ड हिलको निधन
बैशाख २४, २०८१ सोमबार
अनन्या र आदित्यको ब्रेक अप !
बैशाख २३, २०८१ आइतबार
सलमानको घर बाहिर गोली हान्ने आरोपीले हिरासतमा गरे आत्महत्या !
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
बुटवलमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार