२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार २१:५६:१४
१३ वैशाख, काठमाडौं । विशेष अदालतले २७ करोभन्दा बढी विगो दाबी गरिएको एउटा मुद्दामा प्रतिवादी बनाइएको सबैलाई सफाई दिएको छ । सम्पत्ति शुद्धीकरण विभागले गिल्ट इन्भेस्टमेन्ट प्रालिका पाँच जनाविरुद्ध दायर गरेको मुद्दामा सबै प्रतिवादीलाई सफाई दिइएको छ ।
डेढ वर्षअघि दायर मुद्दामा विशेषले पाँचै प्रतिवादीहरूलाई सफाइ दिने फैसला गरेको हो । मुद्दाका मुख्य प्रतिवादी होटेल याक एन्ड यतीपरिसरमा सञ्चालित रोयल क्यासिनोका सञ्चालक सुरेन्द्रबहादुर सिंहलाई बनाइएको थियो । उनीसहित पाँचजनाविरुद्ध विभागले २७ करोड ६७ लाख रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गिल्ट इन्भेस्टमेन्ट प्रालिका सञ्चालकसमेत रहेका सिंहविरुद्ध १५ कात्तिक २०७९ मा मुद्दा दायर गरेको थियो । विभागले उनीसहित शारदादेवी सिंह, जीवनबहादुर सिंह, जयन्ती थापा र गिल्ट इन्भेस्टमेन्ट प्रालिलाई प्रतिवादी बनाएको थियो ।
प्रतिवादीहरूविरुद्ध विभिन्न मितिमा एकभन्दा बढी उजुरी परेको विभागले जनाएको छ । क्यासिनो सञ्चालन गरिरहेको गिल्ट इन्भेस्टमेन्टले कर चुक्ता नै नगरी किनबेच गरेको भेटिएको थियो । रोयल क्यासिनोले राजस्व नतिरेको विषय हाल अदालतमा विचाराधीन नै छ ।
गिल्ट इन्भेस्टमेन्टका नाममा रहेको चार लाख १४ हजार रुपैयाँ जफतको माग दाबी गरिएको थियो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो ।
विभागले सिंहमाथि विदेशी मुद्राको अवैध कारोबार तथा जुवासम्बन्धी कसुरबाट अवैध सम्पत्ति आर्जन गरेको अभियोग लगाएको थियो । यसरी गैरकानुनी स्रोतबाट आर्जित सम्पत्तिको तह–तह रूपान्तरण, परिवर्तन, छल्ने, बदल्ने, हस्तान्तरण गर्नेजस्ता निषेधित कार्य गरेको विभागको अनुसन्धानले देखाएको थियो ।
जयन्ती थापाको मिलेमतोमा कृत्रिम आर्थिक कारोबार देखाई कारोबारको आर्थिक एवं कानुनी उद्देश्य लुकाइएको तथा कारोबारका जटिलता सिर्जना गरिएको विभागको दाबी थियो । सिंहले एकापरिवारकी सदस्य शारदा र जीवनबहादुरको नाममा घरजग्गा खरिद बिक्री गरेको तथा सम्पत्तिको स्रोत परिवर्तन गर्न विभिन्न कम्पनीमा लगानी गर्नेजस्ता कार्य सुरेन्द्रबहादुरले गरेको अभियोगपत्रमा उल्लेख थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नमिल्नेमा
बैशाख २३, २०८१ आइतबार
सन्दीपको रिट मुख्य न्यायाधीश निरौला र ढुंगेलको इजलासमा
बैशाख २३, २०८१ आइतबार
हराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति हवाइबाट नेपाल पठाइयो
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार