आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार ७:३:५१
१४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादमाथि रोयल च्यालेन्जर्स बैंग्लोरले जित हात पारेको छ ।
राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्सले सनराइजर्स हैदराबादलाई ३५ रनले हराएको हो ।
रोयल च्यालेन्जर्सले दिएको २०७ रनको लक्ष्य पछ्याएको हैदराबाद २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रनमै समेटियो । हैदराबादका शाहबाज अहमदले सर्वाधिक ४० रनको बनाए । यस्तै, अभिषेक शर्मा र कप्तान प्याट कमिन्सले समान ३१/३१ रनको योगदान दिए । यसैगरी, नितिशकुमार रेड्डी र भुवनेश्वर कुमारले समान १३/१३ रन जोड्दा ट्राभिस माइकल हेड १ रनमै आउट भएका थिए ।
रोयल च्यालेन्जर्सका लागि करण शर्मा, स्वप्निल सिंह र क्यामरुन ग्रीनले २/२ तथा विल ज्याक्सले १ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ रोजेको रोयल च्यालेन्जर्सले २० ओभरमा ७ विकेटको क्षतिमा २०६ रनको योगफल तयार पारेको थियो ।
रोयल च्यालेन्जर्सका लागि विराज कोहलीले सर्वाधिक ५१ रन बनाए । यस्तै, रजत पाटीदारले ५० रन जोड्दा क्यामरुन ग्रीन ३७ रनमा अविजित रहे । कप्तान फाफ डु प्लेसिसले २५ रन जोड्दा स्वप्निल सिंहले १२ र दिनेश कार्तिकले ११ जोडे ।
हैदराबादका जयदेव उनाडकटले ३, थांगारसु नटराजनले २, प्याट कमिन्स र मयंक मारकन्डेले समान १(१ विकेट लिएका थिए । रोयल च्यालेन्जर्सले लगातार ६ हारपछि लिगमा दोस्रो जित हात पारेको हो ।
रोयल च्यालेन्जर्सको ९ खेलबाट ४ अंक भएको छ । र, च्यालेन्जर्स अंक तालिकाको पुछारमा छ । हैदराबादको भने ८ खेलबाट १० अंकका साथ लिगको तेस्रो स्थानमा यथावत छ । ८ खेलबाट १४ अंक जोडेको राजस्थान रोयल्यस भने अंक तालिकाको शीर्ष स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
पञ्जावमाथि चेन्नई २८ रनले विजयी
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार