पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार १२:१५:३२
१४ वैशाख, कैलाली । कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको काममा ढिलाइ भएको छ । पर्याप्त बजेट नहुँदा सो लोकमार्ग निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्रयाक खुलेको छ ।
जम्मा दुई सय चार किलोमिटर लम्बाइ रहेको उक्त सडकको ७८ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । कैलाली खण्डमा ७२ किलोमिटरमध्ये तीन किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ ।
कैलालीको टीकापुरदखि चैनपुरसम्म डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएका कतिपय ठाउँमा ट्रयाक खोल्न बाँकी रहेको आयोजना प्रमुख पुजन गिरीले बताए । अछाममा ८० किलोमिटरमध्ये २३ किलोमिटर सडकको ट्रयाक खोल्ने काम बाँकी रहेको प्रमुख गिरीले जानकारी दिए ।
उनका अनुसार बाजुराको मेडासैनदेखि राना गाउँसम्मको १२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । सो सडकखण्डमा पर्ने कतिपय ठाउँमा रुख कटानीका कारण ट्रयाक खोल्ने काम अघि नबढेको हो । चैनपुरदेखि उरै भञ्ज्याङसम्म भौगोलिक विकटताका कारण काम गर्न समस्या भइरहेको आयोजना प्रमुख गिरीले बताए ।
चालु आर्थिक वर्षमा सो सडकका लागि रु १४ करोड बजेट विनियोजन गरिएको थियो । सडकमा पर्ने पुल निर्माणका लागि चालु आवमा रु तीन करोड विनियोजन गरिएको थियो । पुल निर्माण सम्पन्न भएपनि बजेट अभाव भएकाले भुक्तानी दिन नसकिएको प्रमुख गिरीले बताए ।
कैलाली, डोटी, अछाम, बझाङ र बाजुरालाई जोड्दै ताक्लाकोट सीमा नाका जोड्ने यो लोकमार्ग उत्तर–दक्षिण जोड्ने रणनीतिक महत्व बोकेको सडक हो । यो लोकमार्ग धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण चीनको मानसरोवर पुग्ने छोटो मार्ग हो । आव २०६५/६६ मा निर्माण सुरु गरिएको यो लोकमार्ग नेपाल सरकारको प्राथमिकताको आयोजना भनिएपनि काम सुस्त बनेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार