वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार १२:३८:२४
मणि प्रसाद अर्याल
१४ वालिङ, काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाले छोरी जन्माउनेलाई गर्दै आएको निःशुल्क स्वास्थ्य बीमा प्रभावकारी बनेको छ । नगरपालिकाले यो आर्थिक वर्षदेखि छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमाको सुरु गरेको हो ।
छोरीहरूलाई समाजले दोस्रो दर्जाकारुपमा हेर्ने गरेको अवस्थामा नगरपालिकाले उक्त कार्यक्रम लागु गरेको नगर प्रमुख कृष्ण खाँणले बताए । छोरीहरूलाई प्रोत्साहन गर्नुपर्ने नगर प्रमुख खाँणले उल्लेख गरे । आधा हिस्सा ओगटेका नारीहरूको सम्मानका साथै उनीहरुको मनोबल उच्च राख्न आवश्यक छ । जहाँ नारीको सम्मान हुन्छ, त्यो समाज सुसंस्कृत र समुन्नत हुने उनले औंल्याए ।
उनले भने, “घर र समाजमा नारीहरूको महत्वपूर्ण भूमिका रहँदा रहँदै पनि समान रुपमा सम्मान दिन सकिएको छैन ।” यसमा टेवा पुगोस भन्ने नगरपालिकाको उद्देश्य रहेको नगर प्रमुख खाँणले बताए । यसैगरी नगर उपप्रमुख कविता तिवारी गैह्रेले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले नारी उत्थानमा भूमिका खेल्ने बताइन् । उनले नगरवासी आमा दिदी बहिनीले यो कार्यक्रममा सहभागी भई लाभ लिन आग्रह गरिन् ।
नागरिकको स्वास्थ्य ठूलो कुरा भएको उल्लेख गर्दै नगर उप प्रमुख तिवारीले नारी सम्मानसँगै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएको बताइन् । वालिङ नगरपालिकाले यो आर्थिक वर्षमा मात्र करिब ३०० जना नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरेको नगरपालिकाले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार