मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार १६:१८:५८
१४ वैशाख, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट चढ्न सर्वसाधारणको आकर्षण बढेको छ । जिल्लामै पहिलो पटक सञ्चालन भएको मोटरबोटले सर्वसाधारणको ध्यान खिचेको हो ।
पृथ्वीराजमार्ग भएर यात्रा गर्ने सवारीसाधन रोकेरै मोटरबोटमा शेयर गरी गन्तव्यतर्फ जाने गरेका छन् । यसका अतिरिक्त आँबुखैरेनी आसपासबाट पनि सर्वसाधारण यहाँ आउने गरेका छन् । परिवारसहित मोटरबोट शेयर गर्न पुग्नुभएका जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले गर्मी मौसममा निकै आनन्दित महसुस भएको बताए । उनले भने, “सञ्चालनको छोटो अवधिमै यसले सर्वसाधारणको ध्यान खिचेको छ । पर्यटन प्रवर्द्धनका लागि यो कोसेढुङ्गा सावित त हुने नै छ । साथै आँबुखैरेनी गाउँपालिकालाई आम्दानीका हिसाबले टेवा मिल्नेछ ।”
तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु निवासी भीमलाल श्रेष्ठले गर्मी मौसममा मोटरबोट शेयर गर्दा शीतलताको अनुभव गर्न सकिने बताए । उनले भने, “कामका सिलसिलामा राजमार्गमा यात्रा गर्दा मोटरबोट शेयर गरेर आयाैँ, नदीमा मोटरबोट चढेर दौडिँदा आनन्द आयो ।” आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो । मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो ।
मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोराको प्रस्ताव छनोट गरी गाउँपालिकाले उक्त कम्पनीसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको हो । जलाशय नजिक प्रसिद्ध धार्मिकस्थल अल्कादेवी पनि रहेकाले धार्मिक पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने गाउँपालिका अध्यक्ष शुक्र चुमानको भनाइ छ । साथै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने उनले बताए ।
जलाशयमा तत्कालका लागि रु एक करोडको लगानी गरिएको बोटेबोराका सञ्चालक विष्णु ढकालले जानकारी दिए । मोटरबोट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास गर्न सकिने उनको भनाइ छ । नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एन्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिएको छ ।
कम्पनीले थप रु तीन करोड लगानी गरी जलाशय किनारमा ‘बीच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टर सहितको संरचना बनाउने योजना बनाएको छ । यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको ढकालले जानकारी दिए ।
मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक–फरक शुल्क कायम गरिएको छ । कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटरबोटमा शेयर गर्न रु दुई सय ५० प्रतिव्यक्ति, १० देखि १२ मिनेटसम्मको लागि प्रतिव्यक्ति रु पाँच सय र १५ देखि २० मिनेटसम्म शेयर गर्नका लागि प्रतिव्यक्ति रु एक हजार शुल्क लाग्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय गन्तव्य बन्दै ज्यामरुककोट
जेठ १४, २०८१ सोमबार
जलबिरे झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो
जेठ १३, २०८१ आइतबार
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्यामा वृद्धि
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुन
जेठ १५, २०८१ मंगलबार
पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !
जेठ १५, २०८१ मंगलबार
मन्त्रिपरिषदले स्वीकृत गर्यो आगामी आर्थिक वर्षको बजेट
जेठ १५, २०८१ मंगलबार
भारतको ढुङ्गा खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
पोप फ्रान्सिसमाथि समलिङ्गी बारे अभद्र टिप्पणी गरेको आरोप
जेठ १५, २०८१ मंगलबार