हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
९ महिनाको वितरणयोग्य मुनाफा ५ अर्ब माथि ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख १५, २०८१ शनिबार १७:१०:४४
१५ वैशाख, काठमाडौं । कुनै समय नेपालको भीआईपी बैंकको रुपमा आफ्नो स्थान बनाउन सफल भएको हिमालयन बैंक लिमिटेड पछिल्लो समय सुधारिन नसक्ने गरी थला पर्न थालेको छ । बैंक आफैंले हालै प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लिखित वितरण योग्य मुनाफा ५ अर्ब २४ करोड ऋणात्मक रहेको छ । स्मरण रहोस्, बैंकले आर्थिक वर्ष ०७९/८० मा पनि कुनै पनि लाभांश दिएको थिएन । यस बैंकको खराब कर्जा करिब ५ प्रतिशत रहेको छ ।
बैंकको अवस्था नाजुक भए पनि सीईओको वार्षिक तलब सुविधा भने २ करोड १४ लाख भन्दा माथि रहेको छ । वार्षिक प्रतिवेदन अनुसार १ करोड ८६ लाख तलब, १५ लाख ५० हजार भत्ता, टेलिफोन-मोबाइल-उपयोगिता भत्ता १३ लाख ५ हजार रहेको छ । त्यस्तै सीईओलाई इन्धन तथा मर्मत सम्भारसहित सवारी साधनको सुविधा रहेको छ र चालकको खर्च पनि बैंकको नै रहेको छ । वार्षिक यति धेरै सुविधा लिँदा पनि बैंक टाट पल्टिने अवस्थामा पुगेको छ ।
केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको पटके कारबाहीमा पर्दै आएको हिमालयन बैंकले कहिले सम्पति शुद्धीकरणको अनुपालना नगरेको त कहिले जोखिम भार व्यवस्थापन गर्न नसकेको जस्ता दर्जनौं मुद्दामा कारबाहीमा पर्दै आएको छ ।
यस बैंकमा संचालक समितिको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा फरहान तालिव, सुनिलबहादुर थापा, जीतेन्द्र धिताल, आशिष शर्मा र प्रतापजंग पाण्डे रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ अशोक राणादेखि डेपुटी सीईओमा उज्जवल राजभण्डारी, अनुप मास्के र सहायक सीईओमा विपिन हाडा रहेका छन् ।
कस्तो आयो हिमालयन बैंक लिमिटेडको आर्थिक वर्ष २०८०–८१ के तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफा:
चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् ९ महिनाको अवधिमा बैंकले १ अर्ब ९४ करोड खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ७३ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफा जम्मा १२.०४ प्रतिशत बढेको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ अर्ब ४९ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ८ अर्ब ४३ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानी २९.८९ प्रतिशत बढेको छ । त्यस्तै, संचालन मुनाफा ३९.३१ प्रतिशत बढेर ३ अर्ब ५१ करोड पुगेको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको संचालन मुनाफा २ अर्ब ५२ करोड थियो।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११.९९ रुपैयाँ हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १५.०४ रुपैयाँ थियो । प्रतिशेयर आम्दानी उल्लेख रुपमा घटेको छ ।
वितरणयोग्य मुनाफाः
कम्पनीको वितरण योग्य मुनाफा ५ अर्ब २४ करोड २४ लाख ऋणात्मक रहेको छ । गत आर्थिक वर्षमा पनि वितरणयोग्य मुनाफा १ अर्ब ३२ करोड २९ लाख ऋणात्मक थियो।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ खर्ब ९८ अर्ब निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ८.४७ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह २.५४ प्रतिशतले बढेको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष २५.८६ प्रतिशतले बढेर १९ अर्ब १५ करोड पुगेको छ तर संचित मुनाफा भने ५ अर्ब २४ करोड ऋणात्मक छ ।
किताबी मूल्यः
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १६४.२३ रुपैयाँ आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा वृद्धि हुँदै ४.९६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि खराब कर्जा ४.५६ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर घट्दै ९.८४ प्रतिशत पुगेको छ । स्प्रेडदर ३.९८ प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४.७२ प्रतिशत थियो ।
ठुला शेयरधनीः
आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठुलो शेयरधनीमा हबिब बैंक लिमिटेड रहेको छ । बैंकमा हबिबको १२ दशमलव ९३ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
लाभांश :
बैंकले आर्थिक वर्ष ०७९/८० को साधारणसभा सम्पन्न गरे पनि सो सभामार्फत शेयरधनीलाई कुनै पनि लाभांश दिएन । गत वर्ष पनि बैंकले शेयरधनीलाई कुनै लाभांश दिएको थिएन । हरेक वर्ष प्रशासनिक खर्च उच्च दरले बढाएर बैंकका सञ्चालक र उच्च तहका कर्मचारी मोटाए पनि आम सर्वसाधारण शेयरधनीलाई भने सधैं हात खाली राखेर बैंक व्यवस्थापनले मनोमानी गरिरहेको छ तर नियामक निकायको ध्यान यतातर्फ जान सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
बजेटको आकारअनुसार शिक्षामा बढेन लगानी
जेठ १५, २०८१ मंगलबार
सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइने
जेठ १५, २०८१ मंगलबार
विभिन्न क्षेत्रमा लाग्दै आएको करका दरबारे के भन्छ बजेट ?
जेठ १५, २०८१ मंगलबार
बजेट हावादारी भयो, सुधारका कार्यक्रम देखिएनः कांग्रेस
जेठ १५, २०८१ मंगलबार
बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य
जेठ १५, २०८१ मंगलबार
सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने
जेठ १५, २०८१ मंगलबार