एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार १३:१९:५
१७ वैशाख, जनकपुर । जिल्ला प्रहरी कार्यालय धनुषामा एक जना यस्ता प्रहरी कर्मचारी छन् जसले बिगत १४ वर्षदेखि धनुषा छोड्नु परेको छैन । सरसर्ती हेर्दा उनी सामान्य तहका प्रहरी हुन् अर्थात् प्रहरी सहायक हबल्दार आजादप्रसाद यादव ।
सहायक हबल्दार यादव आम प्रहरीले हेर्दा जिल्ला प्रहरी प्रमुख धनुषाका एसपीका ड्राइभर मात्र हुन् । प्रमुखको ड्राइभर भएका नाताले यादव धनुषा आउने हरेक एसपीसँग नजिक हुने नै भए साथै एसपीका हरेक गतिविधिका साक्षी पनि । त्यही निकटतालाई दुरुपयोग गर्दै उनले तस्कर र अवैध धन्दावालासँग एसपीको नाम भजाएर असुलीमा लिप्त रहने गरेको चर्चा यतिबेला धनुषाका प्रहरीहरू बीच चल्ने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा विगत १४ बर्षदेखि सबै एसपीको ड्राइभर रहेका सहायक हबल्दार यादवले आफूलाई गोप्य घुमुवाको रुपमा परिचय दिँदै मासिक लाखौं रुपैयाँ असुली गर्दै आएको आरोप उनीमाथि लागेको छ । समाचार स्रोतका अनुसार यादवले धनुषाको सीमा क्षेत्रमा अड्डा जमाएर बसेका कुख्यात तस्करहरूसँग मासिक लाखौँ असुली गरी हरेक एसपीलाई बुझाउने गरेका छन् । धनुषामा आउने एसपीले चढने बा ७ झ ३६०६ नम्बरको गाडीका चालक रहेका यादवले कतिपय एसपीहरूलाई गुमराहमा पनि राख्ने गरेको भनाई स्रोतको छ। खासमा उनको दरबन्दी रौतहट स्थित प्रहरी स्कुलमा हो तर उनी काजमा सधैं धनुषा नै अड्डा जमाएर बस्ने गरेका छन् ।
धनुषा आफैंमा सीमावर्ती जिल्ला पनि हो । अझ अहिले त प्रदेश राजधानी पनि । तस्करी र अवैध धन्दाले बदनाम रहेको धनुषा जिल्लाका सीमाबाट तस्करी गराउने मुख्य भूमिका कस्को हुन्छ भनेपछि जवाफ एउटै हुन्छ– “प्रहरी” । प्रहरीको मिलेमतो बिना सीमाबाट एउटा सिन्को पनि वारपार हुँदैन । तर प्रहरीकै मिलेमतोमा सानो ठूलो तस्करी धनुषाबाट निर्बाध रुपमा हुने गरेको छ ।
यस्तै, धनुषामा आउने एसपीहरूको चाहनामा उनले गोप्य घुमुवाको रुपमा विगत १४ बर्षदेखि अड्डा जमाएर कमाउ पुत्रको रुपमा आफूलाई चिनाएका छन् । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले कसैलाई पनि काजमा नराख्ने, दरबन्दी फिर्ता पठाउने तथा घुमुवा नराख्न सर्कुलर जारी गरे पनि उनलाई दरबन्दी रहेको प्रहरी स्कुल रौतहट फिर्ता पठाइएको छैन ।
प्राय हरेक दिन राती १० बजेपछि यादव जिल्ला प्रहरी कार्यालय धनुषाबाट निस्केर धनुषाका विभिन्न नाका पुग्ने गरेको गोप्य स्रोतको दावी छ । साथमा केही प्रहरी राखेर रुपैयाँ नदिने व्यापारी, तस्कर र सामानलाई समाएर जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाउने गरेका छन् ।
प्रहरी संगठनमा एकै ठाउँमा विगत १४ बर्षदेखि अड्डा जमाएका यादवलाई धनुषा आउने एसपीहरुकै छत्र छायाँमा राख्ने गरिएको छ । अरु ड्राइभर नभएकाले उनको आवश्यकता परेको तर्क एसपीहरूले माथिल्लो तहमा गर्ने गरेपनि त्यसमा सत्यता नभएको बताइएको छ ।
स्रोतका अनुसार, आजादप्रसाद यादव समय मिलाएर मात्र निस्कने गरेका छन् । पूर्वी धनुषाको इनरुवादेखि पश्चिम मुखियापट्टि मुसरनीयाँसम्म आजाद यादवले महिनावारी उठाउने गरेको आरोप छ। जसमा दूध व्यापारी (तस्कर) मनिष मिश्रा, रक्सी तस्कर प्रमोद ठाकुर, रुपेश यादव, अनिल मण्डलसँग मासिक १८ हजार रूपैयाँदेखि सुरु भई ३० हजार रूपैयाँसम्म उठाउने गरेका छन् ।
यस्तै, कपडाको नामुद तस्कर रहेको पहनी चाचीबाट मासिक ३० हजार, कपडाकै गुप्ता तस्करबाट मासिक ४५ हजार रुपैयाँ, नरेशसँग मासिक २८ हजार रुपैयाँ तोकेर उठाउने गरेका छन् । यादवले रामकुमारको क्रसर उद्योगबाट समेत २५ हजारको मासिक लिने गरेको दावी समाचार स्रोतको छ।
चौकी इन्चार्ज तथा सीमा नाकाको सरुवामा पनि लेनदेन
जिल्ला प्रहरी कार्यालय धनुषाबाट आन्तरिक रुपमा हुने चौकी इन्चार्ज तथा अन्य प्रहरी कर्मचारीको सरुवा प्रक्रियामा पनि आजाद यादवले मोल मोलाई गर्ने गरेको बताइएको छ । यादवले यथास्थानमा राखिराख्न वा अन्यत्र कतै सरुवा मिलाइदिन उनले २५ देखि ५० हजारसम्म लिने गरेको बताइन्छ । धनुषा आउने हरेक एसपीको विश्वासको पात्रका रुपमा दरिएका आजाद यादवले अलि सोझो कतिपय एसपीलाई धोका समेत दिने गरेको स्रोतको दावी छ । एसपीहरूको नाम बेचेर उनले रकम उठाउने गरेको त सामान्य भैहाल्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
पर्सामा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइने
जेठ १२, २०८१ शनिबार
श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति, कार्यदलले बुझायो उद्योगमन्त्रीलाई प्रतिवेदन
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका मह जोडीले आलोचनापछि मागे माफी
जेठ १४, २०८१ सोमबार
बजेटको करिब १५ प्रतिशत रकम सामाजिक सुरक्षामा खर्च
जेठ १४, २०८१ सोमबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
कांग्रेस आफ्नो अडानमा अडिग छ, सरकारमा जाने हतारो छैन : नेता डा कोइराला
जेठ १४, २०८१ सोमबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
जेठ १४, २०८१ सोमबार